काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन पनि तोलामा रु एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।
काठमाडौं : कुमारी बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । २३औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय ४५ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।
रक्तदान कार्यक्रमले स्थानीयस्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले गरेको छ । यसका साथै परम्परा र सांस्कृतिक सम्पदा महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’ प्रदर्शनी गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमले जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाकमार्फत् सांस्कृतिक पहिचान गर्न मद्दत पुग्ने विश्वास बैंकको छ ।
काठमाडौं : गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आवद्ध भएका ट्याक्सी व्यवसायीहरुले प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्ने भएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्था, अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायी सहमत भएका हुन् ।
उक्त सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानामगर तथा गण्डकी ट्याक्सी व्यवसाय प्राÞलिको तर्फबाट अध्यक्ष गान्धीराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुरुवात गरेका छन् । कार्यक्रममा फोन पे को तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकसँग रहेको प्रभु बैंकद्धारा उपलब्ध गराइएको क्यूआरमार्फत् बिना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । गण्डकी ट्याक्सी व्यवसायमा आवद्ध एक सय ५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइएको छ । निकट भविष्यमा अन्य तीन सय ५० भन्दा बढी चालकहरुलाई उपलब्ध गराइने योजना रहेको बैंकले जनाएको छ ।
काठमाडौ : नयाँवर्ष २०८१ को अवसरमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाँडौं खुसी सधैँलाई’ अफर ल्याएको छ । जसमा ग्राहकहरुले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्म र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेजमार्फत् उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रुपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिन किन्न सक्ने कम्पनीले जनाएको छ । छुट अफर जेठ २ गतेसम्म लागु हुने छ ।
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले मकवानपुरको हेटौँडामा सम्पन्न २५औं साधारणसभा निर्माण व्यवसायीहरुले भोग्नुपरेको समस्याहरुको बारेमा घनीभूत छलफल गरी ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी गरेको छ । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारसँग सहकार्य गरी गर्नुपर्ने नीतिगत कार्यहरु सार्वजनिक गर्दै करको रकम भुक्तानी, कर समायोजन, सवारी साधनको नवीकरण शुल्क समायोजसहितका विषयमा जानकारी दिएको हो ।
महासंघले सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गरी उद्योगमैत्री बनाउन आवश्यक रहेको बताएको छ । सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तन गर्नुको कारण भौतिक पूर्वाधार क्षेत्रमा गर्नुपर्ने भुक्तानी निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले नगरेकै कारणले सरकार फेरिएको भनेको स्मरण गर्दै अब विकास निर्माणका क्षेत्रले गति लिने विश्वास व्यक्त गरे ।
भौतिक पूर्वाधार क्षेत्रमा पुँजीगत खर्च नगरेकै कारणले देशको अर्थतन्त्र शिथिल भएको सिंहले बताए । ‘भौतिक पूर्वाधार क्षत्रमा पूँजीगत खर्च नगरेकै कारणले देशको अर्थतन्त्र शिथिल भएको छ, सरकारले लिएको लक्ष्य प्राप्त भएको छैन’, उनले भने, ‘त्यो लक्ष्य प्रयत्नशील रहेका छ होला भन्ने विश्वास लिएका छौं, अहिले सरकारले भन्सार क्षेत्रमा गरेको कडाई र तस्करी नियन्त्रण गर्न केही हदसम्म सफल भएको जस्तो लाग्छ ।’
काठमाडौं : गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच बिहीबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
गरिमाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेनका तर्फबाट अध्यक्ष रमेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकलाई पुँजी बजारसँग सम्बन्धित सेवाहरु आवश्यकता अनुसार प्रदान गर्ने छ ।
यो व्यावसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रुपमा सेवाहरु प्राप्त गर्न सहयोग पुर्याइ नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पु¥याउने छ भन्ने विश्वास आफूहरुको रहेको अध्यक्ष भट्टराईले बताए ।
ललितपुर : मेड इन नेपाल नारा सहित बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा ललितपुर स्थित जावलाखेल फुटबल ग्राउण्डमा एक्स्पो चलिरहेको छ । एक्स्पो उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्र« मन्त्री नारायणकाजी श्रेष्ठले हस्तकलाको केन्द्र र कला नगरीका रुपमा ललितपुरले कायम राख्दै आएको पहिचान तथा देशकै आर्थिक विकासमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आगामी सोमबारसम्म चल्ने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहेको छ । ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामग्रीहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिएको छ । एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिएको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।
एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितिरिवाज आदान प्रदान गर्न उत्कृष्ट भूमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका म्यानेजिङ डाइरेक्टर सुमन महर्जनले बताए । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको छ । मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्की, मलेसिया, बंगलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब सय भन्दा बढी स्टलहरु रहेको एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए ।
काठमाडौ : इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँवर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सीजीले उपहार योजना ल्याएको छ । सो योजना अन्तर्गत सीजी तथा सीजी मेरिडियाको उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि ५८ हजार आठ सय सम्मको आकर्षक क्यासब्याक सहितको उपहार रहेको कम्पनीले जनाएको छ ।
आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामग्रीसँगै नेपालको आफ्नै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकहरुले ढुक्क भई नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्ने कम्पनीले जनाएको छ ।
सो उपहार योजनाअन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एलईडि टिभि, गुगल टिभी, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ । साथै शुन्य प्रतिशत ईएमआईमा सिजी लोयल्टी क्लब रिवार्ड र पुरानो इलेक्ट्रोनिक्स् सामग्रीसँग नयाँ सिजीको सामग्री साट्न सक्ने सुबिधापनि रहेको छ ।
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल र कमलादी, काठमाडौं स्थित वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन्स बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारी भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्सका कार्डबाहक ग्राहकहरुले स्काई वाकको टिकट खरिद गर्दा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । सो किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
काठमाडौं : भारतको टाइल कम्पनी, कजरिया टाईल्सले नेपालमा ‘एक्सपिरियन्स सेन्टर’को उद्घाटन गरेको छ । काठमाडौंमा आफ्नो पहिलो ‘एक्सपिरियन्स सेन्टर’ को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको हो ।
सो कार्यक्रमको कजरिया रमेश टाईल्स लिमिटेडका निर्देशक प्रतीक जलानले सञ्चालन गरेका थिए । यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरुका लागि डिजाइन, रङ र टाइलहरुको विविधता प्रदान गर्दै ग्राहकहरुलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । एउटै छानामुनी ग्राहकहरुले आठ सिरिज र २० भन्दा बढी ‘लाइभ मक–अप’ बाथरुमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।
यसबाहेक, कजरिया टाईल्सले आफ्नो उत्पादन प्रक्रियाहरुमा पर्यावरण–मैत्री अभ्यासहरुलाई प्राथमिकता दिएको जनाएको छ । यसैबीच, कजरिया रमेश टाईल्स लिमिटेड, एक संयुक्त उद्यम कम्पनीले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादनहरु उपलब्ध गराउने आफ्नो प्रतिबद्धता गरेको छ । कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्णरुपमा सञ्चालनमा ल्याउने जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies