काठमाडौ : भिभोले नयाँ स्मार्टफोन भिभो भी ३० लाइट सार्वजनिक गरेको छ । स्टाईल, कार्यक्षमता र कार्य सम्पादनको उत्तम मिश्रण भिभो भी ३० लाइटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ डिजाईनको साथै ८० वाटको फास्ट चार्जिङ, ५० मेगा पिक्सेलको हाई रिजोल्युसन क्यामेरा र १ सय २० हर्जको एमोलेड डिस्प्ले पनि प्रदान गरेको छ ।
जसले भिभो भी ३० लाइटलाई एउटा फोन मात्रनभई नेपाली स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने तत्वको रुपमा हेरिएको छ । डुअल स्टेरियो स्पिकर सेटअपको साथ १ सय २० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्दछ, जसले हरेक चलचित्र, संगीत ट्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ ।
भिभो भी ३० लाइटमा लूक मात्र नभई यस्को ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरको साथ चुनौतीपूर्ण प्रकाशात्मक स्थितिमा पनि आकर्षक तस्बिरहरू र फ्लिकर फ्रि भिडियोहरू खिच्न सकिने कम्पनीले जनाएको छ । भिभो भी ३० लाइटको ३३ हजार ९९९ रुपैयाँको मूल्य पर्ने छ ।
काठमाडौ : मानुषी लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष सना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले संस्थाको समग्र अवस्था तथा प्रगति सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिइन् ।
सभाले आ.व. २०८०।०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ । मानुषी लघुवित्त वित्तीय संस्थाले १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४हजार भन्दा बढि सदस्यहरुमा सेवा प्रदान गर्दै आएको छ ।
रामएकवाल राम/मध्यान्ह
लहान : सिरहाको लहानमा शुक्रबारदेखि लहान एक्स्पो एवं मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव शुरु भएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले महोत्सवको उद्घाटन गरे ।
समृद्धिको आधार कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ लहान एक्स्पो महोत्सव शुरु भएको हो । लहानमा व्यावसायिक वातावरण, पर्यटन प्रवर्द्धन र सामाजिक कार्यमा जिल्ला उद्योग वाणिज्य संघ लहानको आफ्नो नाम पहिचान होस् भने विश्वासका साथ महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष विकास शारदाले बताए । १० दिनसम्म चल्ने एक्स्पोमा हरेक साँझ विशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।
काठमाडौं : चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स्का अन्तर्गन रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन छ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरिएको छ ।
वर्षमा उत्कृष्ट व्यापार गरेका डिलरहरुलाई थाइल्याण्डको विभिन्न शहरहरु भ्रमण गराई मनोरञ्जन प्रदान गरेको कम्पनीको भनाइ छ । कम्पनीले भ्रमणमा सहभागी सम्पूर्ण डिलरहरुलाई खाना बस्न लगायत यातायातको पनि व्यवस्था गरेको थियो । सीजीले वर्षैपिच्छे आफ्ना उत्कृष्ट डिलरलाई विदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको छ ।
काठमाडौ : नयाँ वर्षको अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती खाता खोलेमा थप ०.१५ प्रतिशत ब्याज पाउन भएको छ । यस्तै कुमारी स्मार्ट एपमार्फत् आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिँदा थप ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ ।
ग्राहकहरुको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवाकुमारी स्मार्टमार्फत् घरमै बसेर संसारको जुनसुकै कुनाबाट पनि तुरुन्तै लिन सकिने छ । यस्तो प्रकारको मुद्दती खाता खोल्न र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनैपनि किसिमको कागजी प्रकृयाहरु नचाहिने र मोबाइल बैंकिङ एपमार्फत् यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।
काठमाडौं : सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीति ल्याउन अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा)ले अर्थमन्त्री बर्षमान पुनलाई आग्रह गरेका छन् । शुक्रबार नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको टिमले अर्थमन्त्रीको सँगको छलफलमा अटोमोवाइल व्यवसायको उत्थानका लागि २० बुँदे नीतिगत सुझाव पेस गरेका हुन् ।
नाडाले आर्थिक बर्ष २०८१/८२ का सन्दर्भमा तयार गरेको सुझावमा मेक इन नेपालको अवधारणाअनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएको हो । अटोमोवाइल व्यवसायीहरुले अत्यधिक रुपमा सवारी साधनहरु उत्पादन गर्नेे प्यान्ट स्थापना गर्दै लगेको र औद्योगिक लगानीलाई सुरक्षित गर्न आग्रह गरेका छन् ।
यस्तै उद्योगीहरुको मनोबलमा वृद्धि र यसलाई दीर्घकालीन रुपमा सफल बनाउन अन्तःशुल्क महशुलमा दिइएको छुटको व्यवस्था लामो समयसम्म कायम गर्नका लागि ऐनमै राख्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन् । बैंक तथा वित्तीय निकायहरुलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई एक सय २५ बाट घटाएर सय प्रतिशत कायम गर्ने र हाल कायम रहेको २५ लाखको क्यापलाई ५० लाख कायम गरिनुपर्ने नाडाको सुझाव छ ।
काठमाडौं : एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेका हो । सो योजना अन्तर्गत ग्राहकहरुले सात लाखसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । अफर अन्तर्गत एमजिको ईभी मोडलमा ग्राहकहरुले निःशुल्क टायर, सात किलोवाटको एसी चार्जर र चालु आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाईदाहरु लिनसक्नेछन् ।
सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायती बा्रण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको दाबी गरेको छ । अहिले नेपालमा एमजी ४ ईभी, जेडएस ईभी, कोमेट ईभी गरी तीन प्रकारका विद्युतीय सवारी र हेक्टर, एचएस, र एसटर गरी तीन प्रकारका इन्धन/हाइब्रिड सवारीहरु उपलब्ध छन् । यी सबै सवारीहरुमा कम्पनीले फरक–फरक अफरहरु उपलब्ध गराएको छ ।
कम्पनीकाअनुसार एमजीका गाडीहरुमा अधिकतम् सात लाख नगद छुटसँगै सात किलोवाटको चार्जर, अतिरिक्त टायर र चालु आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरु यस योजनामा समावेश छ । सो अफर देशैभरीका एमजीका २१ वटा सोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
काठमाडौं : नेपाल टेलिकमले स्प्रिङ अफर ल्याएको छ । स्प्रिङ अफरको अवसरमा कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो । अफरमा १८ रुपैयाँमा एक दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने र २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक र ३५ रुपैयाँमा दुई घण्टा सम्म प्रयोग गर्न सकिने र दुई घण्टा अनलिमिटेड डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।
साथै, अफर अन्तर्गत अन्य विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध रहेका छन् । नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने एक सय एक मिनेट, एक सय ५० मिनेट र पाँच सय ३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने चौध सय मिनेट अल नेट भ्वाइस प्याक पाँच सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै, कम्पनीले सोही अफर अन्तर्गत विभिन्न प्रकारका डाटा प्याकहरु ल्याएको छ ।
काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन् ।
सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडिआरटी – २०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिना भित्र सिओटी (कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए । एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनोट हुने प्रावधान रहेको छ ।
काठमाडौं : गरिमा विकास बैंकले डेबिट-क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रु २ सय नगद फिर्ता योजना सार्वजनिक गरेको हो ।
योजना अन्तर्गत बैंकको डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पिओस मेसिनमार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।
नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि वैशाख १ गतेदेखि ३ गते सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies