आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० सला माघ १४ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल माघ ७ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल पुस २९ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल पुस २२ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल पुस १५ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल मंसिर ३० गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल मंसिर १७ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल मंसिर १० गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल मंसिर ३ गते आइतबार छापिएको कार्टुन ।
कास्कीः चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न शुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।
शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याएका व्यापारी राजेन्द्रबहादुर धामीले अरूले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने बताए । ‘दशैँ लागेसँगै पोखरामा भेडाच्याङ्ग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न, बरु जति छिटो ल्याउन सक्यो, उति धेरै बिक्री हुने र फाइदा मिल्छ भनेर पहिला नै ल्याएको हुँ’, उनले भने । एक सय २७ च्याङ्ग्रा लिएर आएका उनले २० वटा बिक्री गरिसकेको सुनाए ।
राजेन्द्रबहादुरले रु. २५ हजारदेखि रु. ४५ हजारसम्ममा च्याङ्ग्रा बेचिरहेको बताए । ‘रोजेर लैजानेहरुसँग रु. ४५ हजारसम्म लिने गरेको छु, .घाटा पर्छ कि भन्नेहरुका लागि जिउँदै जोखेर एक किलोको आठ सय ८० का दरले हिसाब गरेर बेचेको छु’, उनले भने ।
अर्का व्यापारी सर्पलाल थापाले रोज्जा च्याङ्ग्राको मूल्य बढीमा रु. ५७ हजारसम्म पर्ने बताए । उनले आफूकामा रु. ३५ देखि रु. ५७ हजारसम्मका च्याङ्ग्रा रहेका जानकारी दिए । गोठमा खरिद दर नै रु. ५३ हजार परेकाले बेच्ने भाउ बढेको उनले बताए ।
थापाले भने, ‘एक महिनाअघि देखि जम्मा गर्न पर्यो । पालिकालाई तिर्न पर्यो । अनि ल्याउँदा ट्रक भाडा लाग्यो हामीलाई पनि अलिअलि फाइदा त हुनै पर्यो नि ।’ उनले ७२ वटा भेडाच्याङ्ग्रा पोखरासम्म ल्याउँदा ट्रक भाडा, ड्राइभरको खाना, खाजा, भत्ता तिर्दा तीन दिन तीन रातको एक लाख ५० हजार खर्च भएको बताए ।
दशैँका बेला हिमाली भेगबाट झारिने भेडाच्याङ्ग्रा पछिल्लो समय भाउ बढ्न थालेको पोखरा महानगरपालिका–१ सिम्पनीका स्थानीय कृष्णप्रसाद भण्डारीले बताए । शुरुमा ल्याउँदा महँगो भने पनि पछि सस्तो हुने उनको भनाइ थियो । ‘पोहोर पनि शुरुमा रु. ४०/५० हजार भन्न भ्याएका थिए । पछि रु. १८ हजारसम्ममा किनेर लगियो’, उनले भने् ‘यो पालि पनि शुरुमा ५७ हजारसम्म भनेका छन् । साह्रै महँगो छ ।’
दशैँमा धेरैले सिङ्गै घर लगेर काट्छन् भने सिङ्गै लैजान नसक्नेहरु मिलेर काटेर बाँड्छन् । केहीले फ्रेस हाउसबाट किनेर खान्छन् । ‘दशैँमा च्याङ्ग्राको मासु खानुपर्छ भन्ने मानसिकता बसिसकेको छ, केहीले एउटा सिङ्गै लिएर जान्छन् । कोहीले मिलेर लैजान्छन् र भाग लागाएर खान्छन्’, उनले भने । पछिल्लो समयमा भेडाच्याङ्ग्राको भाउ बढेको भए पनि माग उस्तै रहेको उनको भनाइ थियो । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies