काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भइ हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शंखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विस्टको उपचारका क्रममा मृत्यु भएको थियो ।
थापालाई सोमबार ललितपुर महानगरपालिका–२६ ढोलाहिटीबाट निज सोभिता थापालाई पक्राउ गरी आज आवश्यक कारवाहीका लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले बताए ।
काठमाडौं : अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट ३ महिलासहित ४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा छन् ।
उनीहरुको साथबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद भएका छन् । उनीहरुले क्यास एप, फायरक्रिन एप्लिेकशेनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं -पूर्व समाभुख कृष्णबहादुर महरालाई सवार यती एयरलाइन्सको विमान काठमाडौं ल्याइएको छ । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगेर अनुसन्धानका लागि सोधपुथ भएको छ ।
महरालाई विमानस्थलबाट सिधै गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालय लगेर सोधपुछ गरेर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बताए । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
राहुल गुप्ता, बारा, ४ चैत्र /
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सिंहले आफ्नो मातहातका युनिटहरुलाई ठाडो निर्देशन दिनु भएको छ । बारा जिल्लाको सबै युनिट कमाण्डरहरुलाई सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंहले ठाडो निर्देशन दिदै तस्करी धन्दालाई ठप्प पारेका हुन ।
बिगत लामो समयदेखि चल्दै आएको तस्करी धन्दालाई मध्य नजर गर्दै सशस्त्र प्रहरीको सबै युनिटहरुका कमाण्डरलाई निर्देशन दिदै तस्करी धन्दा ठप्प पारेका हुन । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण प्रमुखको जिम्मेवारी सम्भालेको केही हप्ता भित्रै तस्करी धन्दालाई टार्गेट गर्दै तस्करी धन्दा ठप्प पारिएको सीमाबाट हुने कृयाकलापले प्रष्ट देख्न र सुन्न पाइरहेको छ । सीमा नाकाबाट अवैध कृयाकलाप गर्नेहरुका लागि सशस्त्र प्रहरी उपरीक्षक सिंह कठोर बन्दै तस्करी धन्दालाई ठप्प बनाएको तस्करहरुले नै बताउन थालेका छन । उनिहरुको अनुसार हालसम्म चल्दै आएको कृयाकलापले सीमा नाकाबाट केहि गरिब असहायको रोजी रोटी चल्ने गरेको स्विकार्दै सशस्त्र प्रहरी उपरीक्षकले चालेको कठोर कदम रहेको संज्ञा दिएका छन ।
यता सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंहले सीमा नाकामा खटिएको सशस्त्र प्रहरीका युनिट कमाण्डरलाई ठाडो निर्देशन दिदै तस्करी धन्दालाई ठप्प पार्नको साथै शान्ति सुरक्षामा समेत निगरानी बढाउन निर्देशन दिएको बताउनु भयो । सीमा नाकामा खटिएका प्रहरीहरुले कुनैपनि अनैतिक कार्यबाट आर्थिक लाभ लिन खोज्नेहरुलाई सिधै कानुन बमोजिम कारवाही गरिने, उनले बताए । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणको जिम्मेवारी सम्भालेकै दिनदेखी सीमा नाकाबाट लागु औषध, हुन्डीको रकम सहित कारोवारी, राजस्व छलिका मालसमानहरु बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक सिंहले दावी गरे ।
त्यस्तै सीमा नाका वरिपरीका गाउहरुका स्थानीयवासीहरुले हाल सशस्त्र प्रहरीको कार्य राम्रो र निगरानीमा पनि बढोत्तरी भएको कारण राहत भएको महसुस गर्न थालेका छन । ग्रामिण भेगहरुबाट बढ्दै गएको तस्करी र चोरीका घटनाहरुका कारण आजित भएको बारावासीले हाल चयनको शास लिन पाएको महसुस गरेको कलैया उपमहानगरपालिका वडा नम्बर १० का स्थानीयहरुले बताएका छन । बारा र पर्सा जिल्लाको सीमा मुसहर्वादेखि बारा र रौतहटको सीमा कचोर्वासम्मका स्थानीयहरुले सशस्त्र प्रहरीको ड्युटी देखेर राहत महसुस गर्न थालेका छन्।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ नुनथर स्थितमा शंकास्पद रुपमा सामानसहितको बोरा बोकी सिन्धुलीदेखि पौराइतर्फ आइरहेका एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं. १ बस्ने ३७ वर्षीय साने भन्ने सन्त तामाङ रहेका छन् ।
उनको साथबाट १५ किलो ४ सय ग्राम अवैध लागुऔषध गाँजासहित पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा राखिएको छ ।
पक्राउ परेका तामाङलाई लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा लागुऔषधसाहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ सातधारे बस्ने अन्दाजी ३१ वर्षीय विजय राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट संयुक्तरुपमा खटिएको टोलीले चौदण्डी नगरपालिका ५ सिवाईबाट राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट लुपिजेसिक ३०, डाईजेपाम ३० र फेनार्गन ३० गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत उदयपुरबाट सात दिनको म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मनोज साह/मध्यान्ह
रौतहट : रौतहट प्रहरीले एक अस्पतालमा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुले बिरामीहरुको एपेन्डिसाइटिस, पायल्स, युट्रेसलगायतका शल्यक्रिया गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यमुनामाई गाउँपालिका वडा नं. १ सुकदेव चोकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.मा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका वडा नं. १४ खैरवा बस्ने ४५ वर्षीय हसिंन अख्तर, सोही जिल्ला वडा नं. ३ वटोआ बस्ने २७ वर्षीय मो. तबरेज आलम र यमुनामाई गाउँपालिका वडा नं. २ भेडियाही टोल बस्ने २७ वर्षीय कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार उनीहरुलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरिएको हो । उनीहरुसँग बिरामीहरुको उपचार गर्न पाउने इजाजत पत्र माग गर्दा इजाजतका साथै निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र पनि नभएको उनले बताए ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता समेत गरिएको उनले जानकारी दिए । यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
केही वर्षयता रौतहटमा दर्ता अनुमति पत्र नलिइ अस्पताल सञ्चालन भइरहेको पाइएको छ । सम्बन्धित निकायले रौतहटमा सञ्चालित अस्पतालहरुको अनुगमन नगर्दा अकालमा नागरिकहरुले ज्यान गुमाउनु परिरहेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेले बताए । रौतहट जिल्लाभरका निजी स्वास्थ्य संस्थाहरुको अविलम्ब अनुगमन गर्न अध्यक्ष घिमिरेले माग गरेका छन् ।
काठमाडौं । संगठितरुपमा काठमाडौंका विभिन्न ठाउँमा डेढ करोड रुपैयाँ भन्दा बढीको चोरी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलनमार्फत चोरीमा संलग्न हुनेहरुलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार उनीहरुले एक करोड ५२ लाख १२ हजार रुपैयाँ भन्दा बढीको धनमाल चोरी गरेका हुन । चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा धादिङका २७ वर्षीय सोनाम थापा तामाङ र रसुवाका वर्ष २७ कै टाँसी तामाङ रहेका छन् । तीमध्य सोनाम चोरीमा संलग्न हुने गरेको, टाँसी सूचना दिने तथा चोरीमा संलग्न हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै चोरी गरि ल्याएको सुन खरिद–विक्रिमा संलग्न हुनेहरुमा महोत्तरीका ३७ वर्षीय अनन्तराज घिमिरे, भारतको विभिन्न स्थानमा घर भएका ३१ वर्षीय अमोल बालु फुके, ३१ वर्षकै देवासिश सावन्त र ४४ वर्षका कार्तिक पाईका रहेका छन् । प्रहरीले उनीहरुको साथबाट सुनका गहनलाई पगाली टुक्रा बनाइएको अवस्थामा २९५.३ ग्राम र नेपाली नगद १९ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
त्यस्तै प्रहरीले राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेका तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । डाँगीको ललितपुरस्थित घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको आरोपमा दोलखाका २१ वर्षीय अनुप तामाङ, दोलखाकै २० वर्षीय रविन तामाङ र ललितपुरका २४ वर्षीय राजन श्रेष्ठलाई पक्राउ गरेको हो ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट प्रहरीले ४ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका वडा नं. ४ स्थित लाल बकैया खोला बाँधमा चेकजाँच गर्ने क्रममा गाँजासहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी हरिनगर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा शंकाको आधारमा चेकजाँच गर्दा पिठयूमा बोकेको ब्यागबाट गाँजा बरामद गरिएको हो । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका वडा नं.१ हरैया टोल बस्ने वर्ष ३५ का हबिब अन्सारी रहेका छन् ।
पक्राउ परेका मियाँलाई ईलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरमा राखेर थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित ६५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
पीडितको जाहेरकिा आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो। उक्त कार्यालयले चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरेको हो।
त्यसअघि अभियुक्तहरूले काठमाडौंको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी २५ लाख रुपैयाँ बराबरको धनमाल बरामद गरिएको छ। गोकर्णेश्वर नगरपालिका बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगदसमेत गरी चार लाख १० हजार बराबरको धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies