काठमाडौं : आयरल्याण्ड वुल्भसले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२१ रन बनायो ।
आयरल्याण्डका लागि स्टेफन दाने ४६ रन जोडे । त्यसैगरी लियाम म्याकार्थीले १६ रन बनाए । थोमस मेएस १६ रनमा रनआउट भए ।
त्यस्तै फियोन ह्यान्डले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । केड क्रमचेल ८, नेइल रकले ५, रस एडेर र ग्रेथ डेलीनीले चार चार रन बनाए ।
नेपालका ललित राजवंशी, गुलसन झा र कुशल भुर्तेलले २-२ विकेट लिँदा करण केसी र कुशल मल्लले १-१ विकेट लिए ।
काठमाडौं- नेपालले आज सोमबार आयरल्याण्ड एसँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड एसँग उक्त अभ्यास खेल खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आयरल्याण्ड एसँग दिउँसो १ बजे खेल खेल्ने छ ।
यस्तै नेपालको सिनियर टोलीले आयरल्याण्ड एसँग मङ्गलबार टी–२० खेल खेल्ने तय भएको छ । यसैगरी आयरल्याण्ड एसँग नेपाल ए टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
आयरल्याण्ड एसँग अभ्यास खेलका लागि नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलशन झा, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, प्रतिश जिसी, आकाश चन्द र अभिनाश बोहरा रहेका छन् ।
काठमाडौं - फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज बिहिबार नेपालले बहराइनसँग खेल्दैछ । समूह एच अन्तर्गतको उक्त खेल नेपाली समय मध्यरात राती १२ बजेर ४५ बजे बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ ।
बहराइनमा खेल हुने र्भ पनि होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएकोले नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो । नेपालले बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ । समूह एचमा नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो र अंकविहीन छ । पहिलो खेल युएईसँग अवे मैदानमा ४-० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २-० ले पराजित भएको थियो ।
बहराइनले भने एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा यमनलाई २-० ले हराएको बहराइन दोस्रो खेलमा यसएईसँग २० ले पराजित भएको थियो । समूह एचमा बहराइन २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ । फिफा वरीयतामा नेपाल भन्दा बहराइन ९३ स्थान माथि छ । पछिल्लो वरीयतामा सुधार गरेको बहराइन हाल ८२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।
खाँदबारी : जिल्ला भलिबल संघ संखुवासभाले आयोजना गर्ने कार्यक्रम पत्रकार महासंघ संखुवासभाले बहिष्कार गर्ने भएको छ । पत्रकार महासंघ र जिल्ला भलिबल संघबीचकाे पछिल्लाे विवादबारे पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरूले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
हालै सम्पन्न राष्ट्रिय भलिबल प्रतियाेगिताकाे समाचार स्थानीय पत्रपत्रिकाले प्रकाशन नगरेकाे भन्दै भलिबल संघका अध्यक्ष मेदिनि घिमिरेले फेसबुकमा लेखेपछि विवाद शुरू भएकाे हाे ।
उक्त पाेष्टपछि जिल्लाका पत्रकारहरूले समाचार लेखनमा कुनै कञ्जुस्याई नगरेकाे भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । पछि अध्यक्ष घिमिरेले पाेष्ट सम्पादन गर्दै स्थानीय पत्रिका पाख्रिबास साप्ताहिकले समाचार प्रकाशन नगरेकाे बताएका थिए । यसपछि जिल्ला भलिबल संघले आयाेजना गरेकाे आय ब्याय सार्वजनिक गर्ने कार्यक्रम स्थलमा नजाने बरू पत्रकार महासंघकाे कार्यालयमा नै कार्यक्रम गरेर सार्वजिनक गर्न भनेकाे थियाे ।
महासंघ र भलिबल संघ दुवैले भनेकाे ठाउँमा नगएपछि फेसबुकबाट नै विवरण सार्वजनिक गरिएकाे थियाे । विवरणसँगै भलिबल संघले विवादकाे विषयमा विज्ञप्ति जारी गरेकाे थियाे । महासंघ र पत्रकार सम्बद्ध संस्थाहरूले भलिबल संघले आयाेजना गरेकाे कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेकाे हाे । यसैबीच प्रेस युनियन, चाैतारी र प्रेस सेन्टर नेपालले आर्थिक हिमामिनाबारे छानबिनको माग गरेकाे छ ।
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताएका छन् ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित ‘इन्डोर तथा आउटडोर क्रिकेट रंगशाला र देउडा पार्क’ को आज यहाँ शिलान्यास गर्दै उनले १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको जानकारी दिए ।
मुख्यमन्त्री शर्माले १०औं राष्ट्रिय खेलकुद कर्णालीमा हुनु प्रदेशका लागि गौरवको विषय भएको भन्दै यसले यहाँको खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा सहयोगी साबित हुने अपेक्षा गरिएको बताए ।
खेलका माध्यमबाट प्रदेशको पर्यटन प्रवर्द्धनका साथै विकास निर्माणका क्षेत्रमा काम गर्ने नीतिअनुसार प्रदेश सरकारले काम गरिरहेको जनाउँदै खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमा छ भन्ने विश्वासका साथ अभ्यास गर्नुपर्नेमा उनले जोड दिए ।
उक्त क्रिकेट मैदान वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो । यस क्षेत्रलाई वीरेन्द्रनगरको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको कणाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए ।
रू चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजनाअन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ, लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, मैदान कालोपत्र, इन्डोर क्रिकेट हाललगायत पूर्वाधार निर्माण गरिने सञ्ज्यालले जानकारी दिए ।
१०औं संस्करणलाई लक्षित गरी मैदान बनाउन लागिएको भन्दै कालिञ्चोक क्रिकेट मैदान तयारी भइरहेको उनले जानकारी दिए । “दुई खेलकुद मैदान आवश्यक भएकाले आर्को शिलान्यास गरिएको हो”, उनले भने ।
यसअघि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औं संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई दिइएको थियो ।
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्याण्ड ‘ए’ (आयरल्याण्ड वुल्भ्स) सँग खेल्ने र भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो । नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरुप आयरल्याण्ड ‘ए’ शृंखला खेल्न लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्याण्ड ‘ए’ सँग चैत ११ र १२ गते टी-२० खेल खेल्ने छ । त्यसपछि नेपाल ‘ए’ ले आयरल्याण्डसँग १५, १६ र १८ गते तीन खेलको टी-२० खेल्ने छ ।
त्यसपछि एक दिवसीय (ओडी) शृंखला हुने छ । पहिलो खेल चैत २१ मा हुने छ । दोस्रो खेल चैत २३ र अन्तिम खेल २५ गते हुने छ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ ।
नेपाली टिम :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द ।
सरु भुसाल/मध्यान्ह
गुल्मी : जिल्ला ब्याडमिन्टन संघ गुल्मीले सदरमुकाम तम्घासमा राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष नवराज श्रेष्ठले यही चैत ९ गतेदेखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
पर्यटन प्रबर्द्धनका लागि रेसुंगा नगरपालिकाले सञ्चालन गरेको ‘जाउँ हिँड रेसुंगा’ भन्ने अभियानलाई सफल बनाउन सहयोग गर्ने उद्देश्यका साथ जिल्लामा पहिलो पटक खुला प्रथम राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत खुला पुरुष डबल, ३५ प्लस भेट्रान्स, ४५ प्लस भेट्रान्स, ५५ प्लस भेट्रान्स, खुला पुरुष सिङ्गल, खुला महिला डबल र खुला पुरुष बी ग्रेडका गरी सात विधाका खेल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा खुला पुरुष डबल ब्याडमिन्टनतर्फका प्रथम विजेतालाई ६० हजार, प्रथम उपविजेतलाई ४० हजार र दोस्रो उपविजेतालाई २० हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । दर्ता शुल्क भने तीन हजार रहेको छ ।
३५ प्लस भेट्रान्समा विजेतालाई ४० हजार, प्रथम उपविजेतालाई २५ हजार र दोस्रो उपविजेतालाई १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । दर्ता शुल्क भने रु.दुई हजार पाँच सय रहेको छ । यस्तै ४५ प्लस भेट्रान्समा विजेता पुरस्कार ४० हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।
५५ प्लस भेट्रान्समा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ ।
खुला पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २५ हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।
खुला महिला डबल ब्याडमिन्टन प्रतियोगितामा विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार रहेको छ ।
खुला पुरुष ग्रेड बी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत विजेता पुरस्कार ३५ हजार, प्रथम उपविजेता पुरस्कार २० हजार र दोस्रो उपविजेता पुरस्कार १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । जसको दर्ता शुल्क दुई हजार पाँच सय रहेको छ ।
प्रतियोगिताअन्तर्गत खुला पुरुष डबल र खुला पुरुष सिंगलमा टप–२० भन्दा तलका खेलाडी मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको प्रबर्द्धकका रूपमा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेश र जिल्ला खेलकुद विकास समिति गुल्मी रहेका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख ६० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको र आयोजक संस्था, स्थानीय तह तथा स्वदेश–विदेशमा रहेका खेलप्रेमीहरुबाट आर्थिक स्रोतको व्यवस्थापनमा लागिएको उनले बताए ।
काठमाडौं - नेपाल क्रिकेट संघ क्यानले नेपाल एको प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । अर्को सातादेखि घरेलु मैदानमा हुने आयरल्यान्ड ए टोलीसँग खेल्ने तीन टी–२० र तीन एकदिवसीय सिरिजका लागि क्यानले नेपालको ए टोलीलाई प्रशिक्षणमा बोलाएको हो ।
ए टोलीको प्रशिक्षणमा आरिफ शेख, भीम सार्की, प्रतिश जि।सी, विनोद भण्डारी, देव खनाल, सन्दीप जोरा र कमलसिंह ऐरी लगायतका खेलाडी परेका छन् । कमल २०२२ मार्चमा टीयुमा मलेसियाविरुद्ध घाइते भएपछि टोलीमा थिएनन् । उनी ब्याक पेन र चोटका कारण टोली बाहिर हुँदै आएका थिए । पछिल्लो समय भारतमा उपचारपछि कमल पुनः फर्किएका हुन् । कमलले नेपालबाट ३ ओडीआई र १० टी–२० आई खेल खेलेका छन् ।
नेपालको सिनियर टोलीले आयरल्यान्ड एसँग दुई टी–२० खेल खेल्नेछ । सिनियर टोलीले मार्च २५ र २६ मा खेल्नेछ । त्यसपछि बरोडा र गुजरातसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्न जानेछ । नेपाल एले आयरल्यान्ड एसँग २८, २९ र ३१ मार्चमा टी–२० खेल खेल्नेछ । अप्रिल ३, ५ र ७ मा एकदिवसीय अभ्यास खेल खेल्ने छ ।
अभ्यास खेल्नेहरूमा रित गौतम, पवन सरार्फ, अर्जुन साउद, नरेन भट्ट, दीलिप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री, मौशम ढकाल, रञ्जित कुमार, प्रतिश जि।सी, विकाश आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मयन यादव, अर्जुन कुमाल, अर्जुन घर्ती, रुपेश सिंह, साहब आलम, शेर मल्ल, दीपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमलसिंह ऐरी, विनोद भण्डारी, देव खनाल, आरिफ शेख, हरिशंकर शाह, किरण ठगुन्ना, सुजन थपलिया, राशिद खान, दीनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र रावत, सुभाष भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नर बहादुर सार्की रहेका छन् ।
सत्येन्द्र प्रताप सिंह/ मध्यान्ह
रौतहट : क्रिकेट संघको आयोजनामा गौरस्थित राइस मिल्सको मैदानमा भइरहेको ‘पालिका कप २०८०’ पहिलो संस्करणको १७ खेलमा दुर्गा भगवतीले देवाही गोनाहीलाई ७ विकेटले पराजित गरेको छ ।
आइतबार १ बजेदेखि शुरु भएको पालिका कपमा देवाही गोनाहीले टस जितेर पहिलो व्याटिङ गर्ने निर्णय गलत सावित भयो । दुर्गा भगवतीको घातक बलिङ सामु १६.५ ओभरमा सबै विकेट गुमाइ ६९ रन बनाएर जितको लागि ७० रनको चुनौती दुर्गा भगवती समक्ष दिए । प्रतिउत्तरमा दुर्गा भगवतीको टिमले ११.४ ओभरमा ३ विकेटको क्षतिमा ७२ रन बनाएर ७ विकेटबाट देवाही गोनाहीलाई पराजित गर्दै दोस्रोे चरणमा सजिलै प्रवेश गर्न सफल भएका हुन् ।
दुर्गा भगवतीका लागि पहिलो विकेटका लागि कमलेश दास तथा सत्यम सिंहले ३५ रनको ओपनिङ साझेदारी गरेका थिए । दासले २३, सिंह १०, रितिक गुप्ता १७ जितेन्द्र दास दुवै अविजित रहँदै आफ्नो टिमलाई जिताए । जितेन्द्र रामले मात्रै २ रन बनाए । यस्तै देवाहीकोतर्फबाट राधेश्याम यादव १६ र रोशन गुप्ताले १३ रन बनाए भने अन्य कुनै ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।
दुर्गा भगवतीको लागि आशिक झाको घातक बलिङ सामु देवाहीका व्याटर निरीह सावित भए । झाले ४ ओभरमा एक मेडेन राख्दै ६ रन दिई ४ विकेट, विक्रम साह ३.५ ओभरमा २० रन दिई ३ विकेट, आदित्य झा, जितेन्द्र दास, पवन पासवान क्रमशः एक÷एक विकेट लिएर देवाहीलाई ब्याकफुटमा धकेलिदिदा उभिने मौका नै दिएनन् ।
देवाहीकोतर्फबाट पियुष गुप्ताले ३ ओभरमा १० रन दिइ २ र राजेश रामले ३ ओभरमा १६ रन दिएर १ विकेट लिएको रौतहट क्रिकेट संघले जनाए । आइतबारको खेलमा घातक बलिङ गर्ने आशिक झालाई म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको संघको स्कोर लिष्टमा उल्लेख गरिएको छ । समुह (इ) बाट दुर्गा भगवती र चन्द्रपुर दोश्रो चरणमा प्रवेश गरेका छन् भने देवाहीगोनाही लिग चरणबाट बाहिरिएको छ ।
यसैगरी आइतबार भएको पहिलो खेलमा राजदेवीलाई २ विकेटले हराउँदै बौधीमाइले जित पारेको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको राजदेवी नगरपालिकाको टिमले १४.२ ओभरमा अलआउट हुँदै ६७ रन बनाएर ६८ रनको टार्गेट बौधीमाई समक्ष पेश गरेका थिए । राजदेवीको कसिलो बलिङ सामु बौधिमाईलाई जित्न हम्मे–हम्मे परेपनि अन्ततः २ विकेटबाट जित हात पार्न सफल भए ।
बौधीमाईले १४.६ ओभरमा ८ विकेट गुमाएर ६८ रन बनाएको थियो । बौधीमाईका रुपेश पटेलले ४ ओभरमा १६ रन दिइ ५ विकेट लिएकोमा उनलाई म्यान अफ दि म्याचबाट सम्मानित गरिएको रौतहट क्रिकेट संघले जनाएको छ ।
काठमाडौं- नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौं महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् राखेपको कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३(० को सोझो सेटमा पराजित गर्यो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५–१२ ले जित्यो भने खेलको दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–८ ले आफ्नो पक्षमा पार्यो ।
त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३(० को सोझो सेट पराजित गरेको छ । एपिएफले मधेसलाई २५–८, २५–७ र २५–२ ले पराजित गर्यो । उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies