काठमाडौं : नेपाल महिला राष्ट्रिय क्रिकेट टिमले एसीसी महिला एसिया कप २०२४ खेल्ने भएको छ । आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपालले पनि सहभागिता जनाउने नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार जानकारी दिएको छ ।
गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल एसिया कपमा स्थान बनाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् । तर एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई प्रतियोगितामा समावेश गरेको हो ।
एसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले उद्घाटन खेलमै पाकिस्तानको समना गर्ने छ । नेपाल समूह ‘ए’मा रहेको छ । यस समूहमा नेपाल र पाकिस्तानसँगै भारत र यूएई रहेका छन् । यस्तै समूह ‘बी’मा आयोजक तथा साविकको उपविजेता श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।
नेपालले समूह चरणको पहिलो खेल जुलाई १९ मा पकिस्तानसँग खेल्ने छ । यस्तै, दोस्रो खेल जुलाई २१ मा यूएईसँग खल्ने छ । समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतसँग खेल्ने छ । दुई समूहको विजेता र उपविजेता टोलीले सेमिफाइनल खेल्ने छन् । सेमिफाइनका विजेता टोलीले उपाधिका लागि खेल्ने छन् ।
यो नेपाली महिला टिमको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि २०१२ र २०१६ मा टि–२० एसिया कप खेलेको थियो । यसपटकको एसिया कप पनि टी–२० फर्म्याटमा हुनेछ ।
काठमाडौं : नेपालले आयरल्याण्ड वुल्भ्सविरुद्धको दुई खेलको टी-२० सिरिज क्लिन स्वीप गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो । मंगलाबार सम्पन्न दोस्रो खेलमा नेपालले आयरल्याण्डलाई ७१ रनले पराजित गर्दै सिरिज २–० ले क्लिन स्वीप गरेको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटियो । आयरल्याण्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाए। उनले १३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । मोर्गन टपिङ २१, केड कार्माइकल १८,रोस अडायर १७, निल रक १७, फिओन ह्यान ५ रनमा आउट हुँदा ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले १/१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे । गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए । ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे ।
कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट भए भने विवेककुमार यादव ७ रनमा अविजित रहे । आयरल्याण्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए । बेन ह्वाइटले २ विकेट लिँदा फिओन ह्यान्ड र गेभिन होईले १/१ विकेट लिए ।
काठमाडौं : नेपालले आयरल्याण्ड वुल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो ।
नेपालका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे । गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए । ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे ।
कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट भए भने विवेककुमार यादव ७ रनमा अविजित रहे ।
आयरल्याण्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए । बेन ह्वाइटले २ विकेट लिँदा फिओन ह्यान्ड र गेभिन होईले १/१ विकेट लिए ।
काठमाडौं : फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रंगशालामा हुने नेपाल र बहराइनवीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि शुरु हुनेछ ।
विश्वकप छनोटको सम्भावनालाई कायमै राख्न नेपालसामु आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेलमा नेपाल पराजित भएमा विश्वकप र एसिया छनोट खेल्नबाट बाहिरिनेछ । नेपाल पहिलो चरणको खेलमा लाओसलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो चरणको खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । दोस्रो चरणअन्तर्गत नेपालले तीनवटै खेलमा पराजय भोगेको थियो । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पहिलो खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।
त्यसैगरी घरेलु मैदानमा भएको यमन विरुद्धको दोस्रो खेलमा नेपाल २–० गोलअन्तरले पराजित भएको थियो । यही चैत ८ गते भएको दोस्रो चरणअन्तर्गतको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।
दोस्रो चरणमा नेपाल समूह ‘एच’मा रहेको छ । नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन् । तीन खेलमा तीनवटैमा जित हासिल गर्दै युएई नौ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान तीन खेल खेलेको बहराइन दुई खेलमा जित हासिल गर्दै ६ अंकका साथ दोस्रो स्थानमा छ । त्यसैगरी तीन खेलमा तीन अंक बटुल्दै यमन तेस्रो स्थानमा छ । समान तीन खेल नै खेलको नेपाल तीनै खेलमा हार बेहोरर्दै अंकविहिन छ ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन् । त्यसैगरी डिफेन्डरमा अभिषेख लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, शनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन् ।
त्यस्तै मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, समिर तामाङ, सञ्जिव विष्ट, हिसुब थपलिया र जिलेस्पीजङ्ग कार्की छन् ।
काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । उनीहरूले ३–अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए ।
भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे । रमेश, रवि, निरज र विजयले सोमबार २–अन्डर ७० को स्कोर दर्ज गरे ।
एमेच्योर सदभाव आचार्य १–अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन । युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन–पार ७२ सहित संयुक्तरुपमा आठौं स्थानमा रहे ।
गोकर्ण गल्फ क्लबमा सोमबार भुवनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । पहिलो होलमा एक सट खेर फाले । यसपछि दोस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठ होलको समाप्तीमा २–अन्डरको स्थितिमा थिए । तर नवौं होलमा ओबी प्रहार गर्दा यो होलमा डबल बोगीको सामना गरे । यसपछि ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन सहित चार बर्डी प्रहार गरे । १३औं होलमा एक सट खेर फाले भने १०औं, ११औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे ।
एमेच्योर गल्फर राहुलले प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, चौथो र छैटौं होलमा एक–एक सट बचाए । ब्याक नाइन इभन–पार ३६ मा पुरा गरे । १२औं होलमा बोगी खेप्दा १५औं होलमा एक सट बचाए ।
संयुक्तरुपमा दोस्रो स्थानमा रहेका रमेशले शुरुवात राम्रो गर्न सकेनन् । फ्रन्ट नाइन २–ओभर ३८ मा सकाए । पहिलो होलमा बोगी खेपे भने तेस्रो होलमा बर्डी प्रहार गरे । तर ५–पारको सातौं होलमा डबल बोगीको सामना गरे । तर ब्याक नाइनमा भने उम्दा प्रदर्शन गरे । १५औं होलमा इगलको सफलता प्राप्त गरे । यसपछि १६औं र १७औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४–अन्डर ३२ मा सकाए ।
टुरको पाँचौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका रविले फ्रन्ट र ब्याक नाइन दुवै १–अन्डर ३५ मा सकाए । उनले छैटौं, सातौं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा पहिलो र ११औं होलमा एक–एक सट खेर फाले ।
यसैगरी धरानका प्रो निरजले तेस्रो र नवौं होलको बर्डी विरूद्ध सातौं होलमा बोगी खेप्दै फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । यसपछि १५औं होलमा एक सट खेर फाल्दा १३औंं र १८औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।
एमेच्योर गल्फर विजयले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । उनले पहिलो, तेस्रो, पाँचौं र छैटौं होलमा बर्डीको सफलता प्राप्त गरे भने नवौं होलमा एक सट खेर फाले । यसपछि १०औं होलमा बर्डी प्रहार गरे भने १६औं र १७औं होलमा एक एक सट खेर फाल्दै ब्याक नाइन १–ओभर ३७ मा पूरा गरे ।
प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल शुरु हुनुभन्दा अगाडि नाम फिर्ता लिए । चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागीता रहेको छ । कूल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन् ।
३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ । कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं : नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्याण्ड वुल्भसलाई ६ विकेटले पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड वुल्भसले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल ४ चौकासहित ३८ रनमा अविजित रहे, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७ र आसिफ शेखले १६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले अविजित २० रनको योगदान गरे । आयरल्याण्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२१ रन बनाएको थियो । आयरल्याण्डका लागि स्टेफन दाने ४६ रन जोडे । त्यसैगरी लियाम म्याकार्थीले १६ रन बनाए । थोमस मेएस १६ रनमा रनआउट भए ।
त्यस्तै फियोन ह्यान्डले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । केड क्रमचेल ८, नेइल रकले ५, रस एडेर र ग्रेथ डेलीनीले चार चार रन बनाए । नेपालका ललित राजवंशी, गुलसन झा र कुशल भुर्तेलले २-२ विकेट लिँदा करण केसी र कुशल मल्लले १-१ विकेट लिए ।
काठमाडौं : आयरल्याण्ड वुल्भसले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२१ रन बनायो ।
आयरल्याण्डका लागि स्टेफन दाने ४६ रन जोडे । त्यसैगरी लियाम म्याकार्थीले १६ रन बनाए । थोमस मेएस १६ रनमा रनआउट भए ।
त्यस्तै फियोन ह्यान्डले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । केड क्रमचेल ८, नेइल रकले ५, रस एडेर र ग्रेथ डेलीनीले चार चार रन बनाए ।
नेपालका ललित राजवंशी, गुलसन झा र कुशल भुर्तेलले २-२ विकेट लिँदा करण केसी र कुशल मल्लले १-१ विकेट लिए ।
काठमाडौं- नेपालले आज सोमबार आयरल्याण्ड एसँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड एसँग उक्त अभ्यास खेल खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आयरल्याण्ड एसँग दिउँसो १ बजे खेल खेल्ने छ ।
यस्तै नेपालको सिनियर टोलीले आयरल्याण्ड एसँग मङ्गलबार टी–२० खेल खेल्ने तय भएको छ । यसैगरी आयरल्याण्ड एसँग नेपाल ए टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
आयरल्याण्ड एसँग अभ्यास खेलका लागि नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलशन झा, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, प्रतिश जिसी, आकाश चन्द र अभिनाश बोहरा रहेका छन् ।
काठमाडौं - फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज बिहिबार नेपालले बहराइनसँग खेल्दैछ । समूह एच अन्तर्गतको उक्त खेल नेपाली समय मध्यरात राती १२ बजेर ४५ बजे बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ ।
बहराइनमा खेल हुने र्भ पनि होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएकोले नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो । नेपालले बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ । समूह एचमा नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो र अंकविहीन छ । पहिलो खेल युएईसँग अवे मैदानमा ४-० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २-० ले पराजित भएको थियो ।
बहराइनले भने एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा यमनलाई २-० ले हराएको बहराइन दोस्रो खेलमा यसएईसँग २० ले पराजित भएको थियो । समूह एचमा बहराइन २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ । फिफा वरीयतामा नेपाल भन्दा बहराइन ९३ स्थान माथि छ । पछिल्लो वरीयतामा सुधार गरेको बहराइन हाल ८२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।
खाँदबारी : जिल्ला भलिबल संघ संखुवासभाले आयोजना गर्ने कार्यक्रम पत्रकार महासंघ संखुवासभाले बहिष्कार गर्ने भएको छ । पत्रकार महासंघ र जिल्ला भलिबल संघबीचकाे पछिल्लाे विवादबारे पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरूले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
हालै सम्पन्न राष्ट्रिय भलिबल प्रतियाेगिताकाे समाचार स्थानीय पत्रपत्रिकाले प्रकाशन नगरेकाे भन्दै भलिबल संघका अध्यक्ष मेदिनि घिमिरेले फेसबुकमा लेखेपछि विवाद शुरू भएकाे हाे ।
उक्त पाेष्टपछि जिल्लाका पत्रकारहरूले समाचार लेखनमा कुनै कञ्जुस्याई नगरेकाे भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । पछि अध्यक्ष घिमिरेले पाेष्ट सम्पादन गर्दै स्थानीय पत्रिका पाख्रिबास साप्ताहिकले समाचार प्रकाशन नगरेकाे बताएका थिए । यसपछि जिल्ला भलिबल संघले आयाेजना गरेकाे आय ब्याय सार्वजनिक गर्ने कार्यक्रम स्थलमा नजाने बरू पत्रकार महासंघकाे कार्यालयमा नै कार्यक्रम गरेर सार्वजिनक गर्न भनेकाे थियाे ।
महासंघ र भलिबल संघ दुवैले भनेकाे ठाउँमा नगएपछि फेसबुकबाट नै विवरण सार्वजनिक गरिएकाे थियाे । विवरणसँगै भलिबल संघले विवादकाे विषयमा विज्ञप्ति जारी गरेकाे थियाे । महासंघ र पत्रकार सम्बद्ध संस्थाहरूले भलिबल संघले आयाेजना गरेकाे कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेकाे हाे । यसैबीच प्रेस युनियन, चाैतारी र प्रेस सेन्टर नेपालले आर्थिक हिमामिनाबारे छानबिनको माग गरेकाे छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies