काठमाडौं : आज पुस १६ अर्थात् राष्ट्रिय मेलमिलाप दिवस । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासन त्यागेर मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको स्मरणमा पुस १६ गते मेलमिलाप दिवस मनाउने गरिन्छ ।
आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यतिबेला तत्कालीन राज्यसत्ताले उनलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
तर वीपी कोइराला संस्थापक रहेको नेपाली कांग्रेसमा भने अहिले चरम गुटबन्दी र किचलो देखिएको छ । सभापति शेरबहादुर देउवाले आज शीर्ष नेताहरुको भेला राखेका छन भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले गरेको निर्णय विरुद्ध पुस २१ गते जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies