बरिसाल : बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गरे। आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक प्रा.डा. अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको उल्लेख गरे ।
नाटकले सांस्कृतिक मान्यता र सांस्कृतिक विचलनबीचको द्वन्द्वलाई कलात्मक किसिमले उठाएको छ । साथै अन्तरजातीय विवाहले निम्त्याएको सांस्कृतिक विचलन र त्यसको असरको मुद्दालाई नयाँ किसिमले उठान गरेको छ । आदिइत्यादिको प्रस्तुती रहेको नाटकको पुरु लम्सालको लेखन तथा निर्देशन, सुशीलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो आइपी आचार्य र अशोक थापाको अभिनय रहेको छ भने दिवाकर घिमिरेको प्रकाश परिकल्पना र परिचालन रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies