काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन मुस्लिम संगठन नेपालमा विवाद देखिएको छ । पूर्वएमालेको भातृसंगठन मुस्लिम इतिहाक संगठन र पूर्वमाओवादी केन्द्रको भातृसंगठन मुस्लिम मुक्ति मोर्चा नेपालको एकता प्रक्रिया कार्यक्रममा सोमबार असन्तुष्ट पक्षले विरोध गर्दा विवाद देखिएको हो ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आउने तय भएपनि विवाद बढेपछि ढिलो गरी महासचिव विष्णु पौडेल सहभागी भएका थिए । असन्तुष्ट पक्षले महासचिव पौडेललाई असहमतिसहितको ज्ञापनपत्र बुझाएर कार्यक्रम बहिस्कार गरेको थियो ।
यसैबीच युवा ब्यवसायी नुर मोहम्मद मिया केन्द्रीय समितिका साथै सचिवालय सदस्यमा समेत मनोनित भएका छन् । तनहूं ब्यास नगरपालिका निवासी मिया युवा संघ तनहूंका नगर कमिचीका अध्यक्ष , वडाध्यक्ष , पार्टीको ब्सास नगर कमिटी सदस्य लगायतका ज़िम्मेवारी पुरा गरी सकेका कृयाशील ब्यक्ति मानिन्छन् । उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्ब कार्यसमिति सदस्य पनि हुन् ।
केन्द्रीय समितिमा मनोनीतहरुलाई सोमबार नै महासचिव पौडेलले शपथ ग्रहण गराएका थिए । नेपाल मुस्लिम संगठन संयोजक सेराज फारुकी र सह संयोजक अथहर हुसेन फारुकि लगायत २५१ केंद्रीय कमिटी सदस्य, ८५ सचिवालय सदस्य, र ९ कार्यलय सदस्यको रुपमा पूनर्गठित गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies