काठमाडौं : त्रिपुरेश्वरकी ३० वर्षीया रोशनी श्रेष्ठ केही दिनदेखि एक्लै बस्न खोज्ने, एकाग्रह हुने गर्थिन् । सानो सानो कुरामा पनि उनी बढी रिस गर्थिन् । त्यति मात्र नभएर केही दिनदेखि श्रीमान सँगको सम्बन्धमा समेत मनमुटा भइसकेको थियो । उनको व्यवहार देखेर परिवारका सदस्यहरू चिन्तित भए । उनीहरूले धामी झाँक्रीदेखि काठमाडौंका विभिन्न अस्पताल धाएँ । तर, निको भएन् ।
अस्पतालका सुझावपछि उनीहरू मनोविदकहाँ परामर्शका लागि पुगे । मनोविद् गोपाल ढकालले आफ्नो निगरानीमा राखे । त्यसपछि उनमा बिस्तारै क्रमिक सुधार आयो । रोशनीजस्तै धेरै जसो महिला यसरी नै डिप्रेसनको शिकार भएर महिलालहरू मनोविदकहाँ जाने गरेका छन् ।
जाडो मौसममा महिलाहरूमा विन्टर डिप्रेसनको समस्या देखिने गरेको छ । आजका पुस्तामा डिप्रेसन एक ठूलो रोगको रुपमा विकास भइरहेको छ । डिप्रेसन धेरै किसिमको हुन्छ । तीमध्ये विन्टर ब्लुज जाडोमा हुने डिप्रेसन हो । जाडो मौसम नजिक भएसँगै अझै डिप्रेसनका बिरामी बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाउने गरेको छ ।
जाडो मौसममा हरेक व्यक्ति चिसो हावा, तातो खाना, सुप वा रोमाञ्चक मौसमको मजा लिने गर्छन् । तर यही रोमाञ्चक मौसम कसैको उदासीनता र दुःखको कारण बन्न सक्छ । यसलाई चिकित्सा भाषामा ‘एफेक्टिभ डिसअर्ड’ वा ‘विन्टर ब्लुज’ भनिन्छ ।
विन्टर ब्लुजका कारण मानिसमा निराशा, एक्लोपन, झर्किने कमजोरी र नकारात्मक सोचको विकास हुने गर्छ । पुरुषको तुलनामा यस प्रकारको डिप्रेसन धेरै महिलालाई हुने गर्छ । अहिलेको आधुनिक समयमा महिलालाई घर–परिवार सँगसगै करियर र अन्य जिम्मेवारी हुन्छन् । अफिसमा छुट्टी भएको दिनमा पनि महिलाले घरको काम गर्नुपर्ने हुन्छ । जसको कारण उनीहरुलाई आराम गर्ने समय हुँदैन । यसले पनि महिला डिप्रेसनतिर जान्छन् । महिलालाई डिप्रेशन हुने अर्को कारण हार्मोनको परिवर्तन पनि हो ।
पुरुषको तुलनामा महिलामा बढी डिप्रेसन देखिनुको धेरै कारण रहेको मनोविद् ढकाल बताउँछन् । महिलामा तनावलाई सहने क्षमता कम हुनु, सानो घटनाले छिटो प्रभाव पर्नु, हर्मोनको परिवर्तन भइ रहनु, लैंगिक हिंसा, घरेलु हिंसा र बच्चा जन्मेपछि महिलालाई मात्र हुने पोष्ट नेटल डिप्रेसनका कारणले गर्दा यस्तो हुने गरेको उनको भनाइ छ ।
शरीरमा पाइने सेरोटोनिन हर्मोन घामको प्रकाशबाट मात्र पाउन सकिन्छ । घामको आवश्यक किरण शरीरले नपाएमा न्युरो सेरोटोनिनको प्रयोग कम हुने गर्छ । जुन न्युरो केमिकल सेरोटोनिनको कम प्रयोगले विन्टर ब्लुज हुने गर्छ ।
कुनै पनि उमेरका व्यक्तिलाई यो रोग लाग्न सक्छ । पहिले नै कुनै प्रकारको डिप्रेसनबाट ग्रसित भएका लागि भने विन्टर ब्लुजले निकै सताउँने उनी बताउँछन् । यसले मानसिक सन्तुलन खलबल गरी काममा अवरोध निम्त्याउने गर्छ ।
यो समस्याबाट बच्नका लागि व्यायाम वा योगा एकदमै उपयोगी हुन्छ । योगाले श्वासप्रश्वासमा सहयोग गराई बिरामीको दिमागलाई ताजा बनाउँछ । बिहान १ घण्टाको समय आफूलाई छुट्याउने हो भने पुरा दिन मन शान्त र शीतल महसुस गर्न सकिने उनको भनाइ छ । उनी विरामीहरूलाई पनि यहि सुझाव दिन्छन् ।
भिटामिन सी र डी को कमीले पनि यसको असर पर्नसक्छ । यसको प्रयोग सही रुपमा गर्ने हो भने यसले दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies