काठमाडौँ : प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउत र प्रहरीबीच भएको विवादको सिसिटिभि फुटेज पनि सार्वजनिक भइसकेको छ । सिसिटिभि फुटेज सार्वजनिक भएपछि अस्था राउत प्रकरण झनै चर्चाको विषय बन्दै गएको छ ।
यसैबीच उनले फेसबुक लाइभमार्फत माफी मागेकी छन् । सिसिटिभि फुटेज सार्वजनिक भइसकेपछि फेसबुक लाइभ आएकी अस्थाले रुँदै माफी मागेकी हुन् ।‘मैले दुई चार शब्द बोल्न हुन्थेन। त्यसको लागि माफी चाहन्छु’, उनले भनेकी छन्, ‘तर, ममाथि दुर्व्यवहार भएकै हो।’
उनले ड्युटीमा रहेकी प्रहरीले सुरुमा ‘ज्याकेट खोल्नुहोस्’, दोस्रोपटक ‘ज्याकेट खोल’ फेरि ‘भनेको सुनिनस् ?’ भनेपछि आफू आक्रोशित भएको दाबी गरेकी छन् । उनले प्रहरीले दुर्व्यवहार गरेको भन्दै मान्छे र ओहोदा हेरेर नबोल्न आग्रह गरेकी छन् । उनले आफूलाई चित्त दुःखेकाले त्यस्तो अभिव्यक्ति दिएको बताएकी छन् ।
उनले आफ्नो प्लेन छुट्ने डरले हतार गरेको अवस्थामा जबरजस्ती कफी ब्यागभित्र हाल्न खोजेका कारण आफूले संयम्मता गुमाएको उनले बताएकी छन् ।
उनले प्रहरीले सार्वजनिक गरेको भिडियो फुटेज हेरेरमात्र धारणा बनाउन उनले अपील गरेकी छन् । ‘ममाथि दुर्व्यवहार भएकै हो । मरेर जाने चोला हो यार। मैले किन झुट बोल्नु पर्यो ?’, उनले प्रश्न गर्दै भनेकी छन्, ‘भगवान साक्षी छन् । तपाईं आफै पनि हेर्नुस् । मान्छे चिनेर कुरा गर्नुहोस् एउटा महिलाले अर्को महिलामाथि त्यस्तो निस्क्रिष्ट कुरा गर्न सक्छ । अति भएपछि मैले मान्छे चिनेर कुरा गर भनेको हो ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies