काठमाडौं : स्वेच्छाले देश छाडे पुनः कोरिया प्रवेशको अनुमति दिइने भएपछि करार अवधिपछि कोरिया छाड्ने विदेशी कामदारको संख्या बढेको छ । कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन महिनासम्म स्वेच्छाले देश छोड्ने कामदारलाई पुनः कोरिया प्रवेशको सुविधा दिने घोषणा गरेको थियो ।
नयाँ नियम लागू भएपछि करार अवधिपछि कोरिया छोड्नेको संख्या बढेको भन्दै त्यहाँको न्याय मन्त्रालयले नोभेम्बरमा ४ सय ३३ र डिसेम्बरमा ७ सय २० जना आप्रवासी कामदारले कोरिया छाडेको बताएको छ ।
कोरियाले तोकिएको अवधि भित्रै स्वेच्छाले देश छाड्ने आप्रवासी कामदारहरुको लागि स्वदेश फिर्ती शुल्कमा छुट दिएको छ । कोरियाको इन्छन, ख्याङ्गिदो, आन्सान, बुछन आदि क्षेत्रमा अवैध आप्रवासी कामदारको चाप रहेको भन्दै कोरियाली सञ्चारमाध्यमहरुले सो क्षेत्रका करिब ५० प्रतिशत अवैध आप्रवासी कामदार घर फर्किने प्रक्रियामा प्रवेश गेको बताएका छन् । कोरियामा केही नेपाली कामदार करार अवधि सकिएपछि पनि लुकिछिपी बस्ने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies