काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ । नेपाल र बेलायतको दैत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल आयोजना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलका लोरेन जोन्सले हस्ताक्षर गरे । एन्फा अध्यक्ष शेर्पाले पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा आयोजना हुने बताए ।
मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा हुनेछन । सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने उहाँले बताउनुभयो । मे २५ मा हुने पहिलो मैत्रीपूर्ण खेल ७ हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ । यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies