सिरहा : सिरहामा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नवराजपुर गाउँपालिका वडा नं. १ बस्ने २५ वर्षीय उपेन्द्र कुमार यादव र भगवानपुर गाउँपालिका वडा नं. २ बस्ने २२ वर्षीय अरुण कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरी चौकी ठाडीबाट खटिएको गस्ती टोलीले भगवानपुर गाउँपालिका वडा नं. ३ स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको स.९प. ८५८२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा औषध डाईलेक्स डि.सि. ७ बोतल र नाईट्राभेट ११ पिस सहित मोटरसाइकल चालक उपेन्द्र कुमार यादव र पछाडि बस्ने अरुण कुमार यादवलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies