-शुभनारायण कामती
सिरहा : विद्युत सर्ट भएर सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तीपुरमा आज विहान भएको आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ । घरमा सुतिरहेका बेला अचानक विद्युत सर्ट भएर आगलागी हुँदा कर्जन्हा नगरपालिका ४ निवासी १७ वर्षीया चुनचुन कुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । आगलागीका कारण घरमा रहेको फर्निचर, फ्रिज, खाधन्न लगायतका समान समेत जलेर नष्ट हुदाँ करिब २ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies