काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिला तर्फ उपाधि रक्षा गर्न सफल भएको छ । गत संस्करणको पनि उपाधि विजेता एपीएफले शुक्रबार होङ्गवान्जी न्यू डायमन्ड क्लबलाई २५–२३, २५–२१, २३–२५, २५–१८ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
तेश्रो सेटको अन्ततिर स्टार खेलाडी प्रतिभा माली घाईते हुन पुगेता पनि डायमन्डले २५–२३ को जित निकाल्यो । निकैनै प्रतिस्पर्धात्मक खेलमा न्यू डायमन्डले अंकको बढतलाई कायम राख्न नसक्दा राष्ट्रिय खेलाडीले सज्जित एपिएफलाई उपाधि सुम्पन बाध्य भएको हो ।
बिजेता एपिएफले दुई लाख नगद सहित, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने दोश्रो भएको न्यूडायमन्डले नगद १ लाख सहित मेडल र प्रमाण पत्र प्राप्त गर्यो । पुरुष तर्फको भने एपीएफ हेल्प नेपाल स्पोर्टस् क्लबसँग निरिह बन्यो । भारतीय तीन खेलाडी र भारतीय सेनाका नेपाली खेलाडीहरुले सज्जित हेल्प नेपालले एपिएफलाई पहिलो सेटमा २५– १७ ले पराजित गर्यो ।
यस्तै दोश्रो सेटमा २५–१४ र तेश्रो सेटमा २५–२१ ले पराजित गर्दै नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । दोश्रो भएको एपिएफले नगद १ लाख सहित मेडल र प्रमाण पत्र प्राप्त गर्यो । च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी महिला तर्फ न्यू डायमन्डकी प्रतिभा माली र पुरुष तर्फ हेल्प नेपालका अमित भए । उनीहरुले नगद २५-२५ हजार प्राप्त गरे ।
यस्तै उत्कृष्ट स्पाईकरमा पुरुष तर्फ आर्मीका राजेन्द्र बिष्ट र महिला तर्फ एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा पुरुष तर्फ हेल्प नेपालका बिकास कुमार र महिला तर्फ एपिएफकी बिनिता बुढाथोकी, उत्कृष्ट ब्लकर पुरुषतर्फ हेल्प नेपालका याम क्षेत्री र महिलामा सेनाकी सुनिता खड्का, उत्कृष्ट सर्भरमा पुरुष तर्फ एपिएफका बिजय थापा र महिला तर्फ न्यू डायमन्डकी प्रतिभा माली, उत्कृष्ट लिबेरोमा पुरुष तर्फ एपिएफका बिनोद चन्द र महिला तर्फ न्यू डायमन्ड सलिना श्रेष्ठ भए ।
विधागत तर्फका उत्कृष्ट प्रत्येकले नगद १० हजा प्राप्त गरे । उत्कृष्ट प्रशिक्षकमा महिला तर्फ एपिएफका महेश चौधरी र पुरुष तर्फ हेल्प नेपालका सोम बिक्रम बलवान सिंह भए । उत्कृष्ट प्रशिक्षकले पनि नगद १० हजार प्राप्त गरेका थिए । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपमा पुरुष र महिला दुवै तर्फ नेपाली सेनाको टिएसीले तेश्रो स्थान हात पार्न सफल भयो ।
टिएसीले दुवै विधामा पुलिस क्लबलाई पछि पारेको हो । पुरुष तर्फ २५–१८, २५–१८, २५–२० ले तथा महिला तर्फ २५–२२, २५–१३, २५–२१ को सोझो सेटमा पराजित गर्दै टिएसीले तेश्रो स्थान प्राप्त गरेको हो । सेनाले दुवै बिधामा गरि १ लाख सहित मेडल, प्रमाण पत्र प्राप्त गर्यो ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, प्रमुख प्रायोजक राष्ट्रिय बाणिज्य बैकका अध्यक्ष निर्मल हरि अधिकारी, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies