काठमाडौं : नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् । शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताएका हुन् ।
अर्का चिकित्सक डाक्टर बाशुदेव पाण्डेले कोरोनाका लक्षणहरु देखिएपनि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । यद्यपी चेकअपका लागि अस्पताल जान भने उनले आग्रह गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रदिप श्रेष्ठले विश्वभर फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित भए पनि नेपालमा फैलन सक्ने संक्रमणतर्फ सरकार सतर्क रहेको दाबी गरे । उनले नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको जनाकारी पनि दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies