काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ ।
बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुनस्थित श्री जनउद्धार मा. वि. सम्म साइकल र्याालीको आयोजना गरेको हो । र्यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।
र्याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरतासम्बन्धी मन्तब्य राखेका थिए ।
सोही अवसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies