मान्म : कालिकोटको नरहरिनाथ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा सोलार वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वय र आंशिक अनुदानमा ५० देखि ५५ वाटका चार हजार ७९५ घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा विद्युतीकरण नभएपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा १६ हजार पर्ने सोलारमा ११ हजार अनुदान दिइएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा झण्डै दुई हजार ७४७ सोलार वितरण गरेको गाउँपालिकाले र दोस्रो चरणमा सबै घरधुरीलाई सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताए ।
‘हाम्रो गाउँमा विद्युतीकरण भएको छैन,’ उनले भने, ‘अँध्यारोमा बस्दै आएकालाई केही सहन हुनेछ ।’ वैकल्पिक ऊर्जाको १० हजार अनुदान र गाउँपालिकाको एक हजार अनुदानमा स्वयं व्यक्तिको चार हजार लिएर ५० देखि ५५ वाटका सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताए । (रासस)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies