काठमाडौं : भाषा अनुवादक बिदामा बसेपछि श्रम तथा रोजगार कार्यालय पोखराबाट जारी हुने पुनः श्रम स्वीकृतिको काम ठप्प हुने भएको छ । भाषा अनुवादक बिदा बस्ने भएपछि श्रम कार्यालय पोखराबाट प्रवाह हुँदै आइरहेको पुनः श्रम स्वीकृति कार्य २ दिन बन्द हुने भएको हो ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै फागुन ४ र ५ गते (आगामी आइतबार र सोमबार) उक्त कार्यालयबाट प्रवाह हुने पुनःश्रम स्वीकृति बन्द हुने जनाएको छ । कार्यालयका अनुसार, कतार, कुवेत, ओमान, बहराइन साउदीलगायतका अरबी भाषा बोलिने देशको श्रम स्वीकृति रोकिने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies