ललितपुर : युवा प्रतिभा विद्यामन्दिरले तेश्रो अन्तर विद्यालय भलिबल प्रतियोगिता जितेको छ । ‘सकारत्मक परिवर्तनका लागि खेल’ भन्ने मुल नाराका साथ ग्लोबल अक्सन नेपालको आयोजनामा भएको ‘तेश्रो अन्तर विद्यालय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता २०७६’को उपाधि प्रतिभा विद्यामन्दिरले जित्न सफल भएको हो ।
भलिबल प्रतियोगितामा जन उदय विद्या मन्दिर दोश्रो स्थान तथा अदर्श सौल मा.वि तेश्रो स्थानमा आउन सफल भयो । यसैगरी ब्याडमिन्टनको मिक्स डबल्स अन्तर्गत त्रीरत्न सहकारी विद्यालय प्रथम, आदर्श सौल मा.वि दोश्रो तथा युवा प्रतिभा विद्यामन्दिर तेश्रो स्थान हसिल गर्न सफल भयो ।
विद्यालयमा सिकाइ वातवरण निर्माण तथा लिंगका आधारमा हुने भेदभाब न्यूनीकारणका लागि सञ्चलित ‘खेलौं खेलौं’ कार्यक्रम अन्तर्गत ललितपुर महनगरपालिका तथा गोदावरी नगरपालिका भित्रका १२ वटा विद्यालय बाट १७५ जना विद्यार्थीहरुको सो प्रतियोगितामा सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यलाई ध्यानमा राख्दै प्रत्येक समुहमा बालक तथा बालिकाहरुलाई राखी मिश्रीत समुह बानाई खेल खेलाइएको थियो ।
सो प्रतियोगितामा विजेता तथा सहभागी विद्यालयलाई बागमती प्रदेश्का सांसद जीवन खड्का तथा ‘प्ले फोर चेन्ज’का निर्देशक वलेरिअ इग्निसले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । पाँच दिनसम्म सञ्चलन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies