-शुभनारायण कामती/मध्यान्ह
सिरहा : सिरहा जिल्लाको एक सुकुम्वासी बस्ती खाली गराउन हतियारसहित पुगेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिर्चैया नगरपालिका–५ को सुकुम्बासी बस्ती हटाउन शनिबार दुईनाले बन्दुकसहित पुगेका स्थानीय वीरेन्द्र साहलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।
मिर्चैया नगरपालिका–५ का साह पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया–५ को उत्तरपट्टि जीवाखोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन बन्दुकसहित पुगेका थिए । उक्त बस्तीमा ३८ घरपरिवार दलित, पासवान, मुसहर लगायतका जाति बस्दै आएका छन् ।
भूमाफिया साह बन्दुकसहित पुगेको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तु जैसवालले झडप हुनसक्ने भन्दै प्रहरीको टोली पठाएका थिए । अमिनल्याएर र प्रक्रिया पु¥याएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको र साह इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको डिएसपी जैसवालले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies