भारत : आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीको शपथ लिएका छन । आज दिल्लीको रामलीला मैदानमा आयोजित विशेष समारोहमा उनले उपराज्यपाल अनिल बैजलसँग पद तथा गोपनियताको शपथ लिएका हुन् ।
सोही कार्यक्रममा अरविन्द मनीष सिसोदियाले मन्त्री पदको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्ता पठाएको भएपनि उनी सहभागी भएनन् । अन्य राज्यका मुख्यमन्त्रीलाई भने सपथमा निम्ता दिइएको थिएन ।
शपथ ग्रहण समारोहमा ठूलो संख्यामा सर्वसाधारण समेत सहभागि भएका थिए । फेब्रुअरी ८ मा भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ६२ सिट जितेर दिल्लीमा सरकार बनाएको हो ।
७० मध्ये ८ सिटमा भारतीय जनता पार्टीले जीत हासिल गरेको थियो । यसअघि आम आदमीले सन् २०१३ र सन् २०१५मा पनि दिल्लीमा सरकार चलाएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies