काठमाडौं : बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज सुनाइने भएको छ । आइतबार नै फैसला सुनाउने तयारी भएपनि समय अपुग भएपछि आज फैसला सुनाउन लागिएको हो ।
महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसूरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गरिएको छ । सो मुद्दा जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजालसमा छ ।
महराको पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य लगायतले बहस गरेका थिए ।
असोज पहिलो साता संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि महराले असोज १४ गते राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies