खेम जोशी/मध्यान्ह
महेन्द्रनगर : उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङगा सुवेदीको गाडीमा आगलागी भएको छ । सोमवार भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए ।
उनका अनुसार कार्यालयबाट निवासतर्फ जाँदा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको हो । वाइरिङ्ग सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गाडीको भित्र भाग (सिटहरु) पुरै जलेर नष्ट भएका छन् । आगलागीका कारण अन्य कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । भीमदत्त नगरपालिकाको दमकल तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र थप अनुसंधान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies