एजेन्सी : पाकिस्तानको क्वेटा शहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । धार्मिक जुलुसलाई लक्षित गरेर गराइएको बम विस्फोटमा २५ जना घाइते भएका छन् ।
बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लाँगोभले निकालेको अहि सुन्नत वाल जम्मतको धार्मिक र्यालीमा विस्फोट गराइएको हो । मोटर साइकलमा आएका दुई जनाले आत्मघाती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी कुनै समूहले पनि लिएको छैन ।
जम्मत निकट सुन्नी मुस्लिम राजनीतिक दलले शिया समुदायलाई गैर मुस्लिम घोषणा गर्न माग गर्दै आएको छ । पाकिस्तानको जनसंख्याको २० प्रतिशत हिस्सा शियाको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies