चितवन : भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies