काठमाडौं : जहानीय निरङ्कुश राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको ७० वर्ष पुगेको छ । संवैधानिक राजतन्त्रको व्यवस्था सहित जनता रैतीबाट प्रजा भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र मनाइदै आएको छ ।
यो ७० वर्षमा पञ्चायत, संवैधानिक राजतन्त्र, शाही कू, माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन, आदिबासी जनजाति आन्दोलन, संविधानसभा गठन हुँदै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । २०७२ को संविधानले मुलुकलाई सात प्रदेश र ७५३ स्थानीय तह सहितको राज्य पुनर्संरचना भएको छ भने गणतान्त्रिक मुलुकको संविधानले प्रस्तावनामै समानुपातिक समावेशिता तथा धर्म निरपेक्षता सुनिश्चित गरेको छ ।
मुलुकमा प्रगतिशील शक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वमा शक्तिशाली र स्थीर सरकार गठन भएको छ । तर, फेरि पनि संविधानको भावना बिपरीत सरकारले जनताको अधिकार खोस्नेगरी विधयेक ल्याएको भन्दै जनता बारम्बार असन्तुष्टिका स्वर उठाउँदै आएको छ । सार्वभौमसत्ता सम्पन्न जनताको भावना बिपरीत सरकारी गतिविधि हुनुलाई राजनीतिक विश्लेषक उचित मान्दैनन् । त्यसले स्वयम् यो ७० वर्षे संघर्षबाट प्राप्त उपलब्धी खतरामा पर्न सक्ने विश्लेषण समेत हुने गरेको छ ।
प्रजातन्त्रको ७० वर्ष
२००७ः राणाशासनको अन्त्य
प्रजातन्त्र स्थापना
२०१५ः आम निर्वाचन
बीपी कोइराला प्रधानमन्त्री
२०१७ः संसद विघटन
दलहरुमाथि प्रतिबन्ध, पञ्चायत शासन शुरु
२०२८ः झापा विद्रोह
कम्युनिष्टमाथि थप कडाइ
२०३६ः जनमत संग्रह
निर्दल विजयी
२०४६ः जनआन्दोलन
पञ्चायतको अन्त्य, संवैधानिक राजतन्त्र
२०४८ः संसदीय निर्वाचन
काँग्रेस सरकार गठन
२०४९ः स्थानीय निकाय निर्वाचन
गाउँसम्म जनप्रनिधि
२०५१ः मध्यावधि निर्वाचन
अल्मपतको सरकार
२०५२ः माओवादी जनयुद्ध घोषणा
गृहयुद्धको आरम्भ
२०५४ः स्थानीय निकाय निर्वाचन
गाउँसम्म जनप्रनिधि
२०५६ः संसदीय निर्वाचन
काँग्रेसलाई बहुमत
२०५८ः दरबार नरसंहार
ज्ञानेन्द्र शाह राजा
२०५९ः संसद बिघटन
शाही ‘कू’ घोषणा
२०६२/०६३ः दोस्रो जनआन्दोलन
संसद पुनस्थार्पना, अन्तरिम सरकार गठन
२०६३ः अन्तरिम संविधान जारी
संविधानसभा निर्वाचन घोषणा
२०६४ः शान्ति सम्झौता
माओवादी संसदीय अभ्यासमा
२०६३ः मधेश विद्रोह
समानुपातिक समावेशिताको थालनी
२०६४ः संविधानसभा निर्वाचन
माओवादीको सरकार गठन, राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना,
२०६९ः संविधानसभा बिघटन
चुनावी सरकार गठन
२०७०ः दोस्रो संविधानसभा निर्वाचन
काँग्रेस गठबन्धन सरकार
२०७२ः संविधानसभाबाट संविधान जारी
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना
२०७४ः तीन तहको निर्वाचन
पाँच वर्षे स्थीर कम्युनिष्ट सरकार गठन
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies