काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारसँग आग्रह गरेको छ ।
सञ्चारमन्त्रीले सेक्युरिटी प्रेस खरिदमा कमिसनका लागि मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरि बाँस्कोटलाई बर्खास्त गर्न माग गरेका हुन् ।
उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका सम्बन्धमा सञ्चारमन्त्रीको मात्र संलग्न हो वा संस्थागत संलग्नता हो भन्ने अनुसन्धान हुनुपर्ने पनि बताए ।
प्रवक्ता शर्माले सचारमन्त्रीले कमिशनको मोलमोलाईका क्रममा सार्वजानिक भएको अडियोमा हामी भनेको भन्दै हामी भित्र को को पर्ने पनि सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले संचारमन्त्रीको अडियोमा निजामति कर्मचारीहरु प्रति अभिव्यक्त शब्द प्रतिपनि आपत्ती जनाए ।
प्रवक्ता शर्माले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ठूलो रकमको अनियमितता तयारी भइरहेको विषय संचारमन्त्रीको कमिशनमा गरेको मोलमलाईको अडियो सार्वजानिक भएबाट स्पष्ट भएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies