काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज एक कार्यक्रमका बीच रोबोट सेवाको उद्घाटन गरेका हुन् ।
रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधि मैत्री र आधुनिक बन्दै गएको बताए । विमानस्थलको भिन्न पहिचानले नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने उनको भनाइ छ ।
‘पर्यटन परी’ नाम दिइएको दुईवटा रोबोटहरुले बिमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् । त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउने छन् । रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ ।
रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषमा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन वोर्ड र नेपाल नागरिक उड्डयान प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो । रोबोटको लागत प्रतिरोबोट २० लाख रुपैयाँ रहको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies