काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको राष्ट्रिय सभा बैठक अबरुद्ध गरेको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले आजको बैठक अबरुद्ध गरेको हो ।
कांग्रेसले कमिसन मागेको घटनाको बारेमा तुरुन्त छानविन समिति गठन गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जवाफ दिनुपर्ने माग पनि अघि सारेको गरेको छ ।
तीनबुँदै माग पुरा नभएसम्म सदनको कारवाही रोक्नुपर्ने कांग्रेसको माग छ । सञ्चारमन्त्री बाँस्कोटा प्रधानमन्त्रीका निकट र सरकारका प्रवक्ता समेत भएकाले उनको सार्वजनिक भएको अडियो टेपबारे प्रधानमन्त्री चुप लागेर बस्न नमिल्ने कांग्रेसको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies