काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन् । प्रतिनिधिसभा बैठकमा कांग्रेसले सञ्चारमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले यो जानकारी दिएका हुन् ।
सभामुख सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले कमिसन मागेको घटनाबारे सरकारको ध्यानाकर्षण भएको र सबन्धित मन्त्रीले राजीनामा दिइसकेको अनौपचारिक जानकारी गराएका हुन् ।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि कांग्रेसले संसद अबरुद्ध गरेको थियो ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक पुष्पा भुषालले बाँस्कोटालाई बर्खास्त गरेर मात्रै नपुग्ने भन्दै कारवाहीको माग गरिन् । कांग्रेस बर्खास्तीले मात्रै चुप लागेर नबस्ने चेतावनी दिदै उनले प्रधानमन्त्रीले सबैले सुन्नेगरी संसदमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्ने माग समेत गरिन् ।
त्यसपछि सभामुखले राजीनामाको अनौपचारिक जानकारी प्राप्त भएकाले नियमित कारबाही अगाडि बढाउन माग गरे पनि कांग्रेसका सांसदहरुले उठेर संसदमा विरोध जारी राखे । कांग्रेसले बैठक अबरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबार तीन बजेसम्मका लागि स्थगित भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies