काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी युवराज खतिवडाले पाएका छन् । उनी अर्थमन्त्री समेत छन् । त्यस्तै बाँस्कोटाले सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।
सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा परेपछि बिहीबार नै गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सो मन्त्रालय खाली हुँदै थियो ।
'आज मिति २०७६ साल फागुन ८ गते बिहीबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी तोक्नुभएको छ‚' राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies