काठमाडौं : मलेसियास्थित नेपाली नियोगले शुक्रबार मागपत्र प्रमाणीकरण कार्य नगर्ने भएका छन् । शिवरात्रिको अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएपछि त्यहाँस्थित नियोगहरूबाट प्रवाह हुने माग प्रमाणीकरणलगायतका कार्य १ दिन नहुने भएको हो ।
मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेब्रुअरी २१ तारिखका दिन दूतावासबाट प्रवाह हुने माग प्रमाणीकरणसहित सबै प्रकारका कन्सुलर सेवा बन्द रहने जनाएको छ ।
‘फेब्रुअरी २१ अर्थात् शुक्रबारका दिन महाशिवरात्रि बिदा परेकाले दूतावासबाट प्रवाह हुने माग प्रमाणीकरणलगायतका सबै काम बन्द हुने जानकारी गराइन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies