काठमाडौं : खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान बाँकी रहेकाले आज सार्वजनिक गरिएको हो । आयोगका प्रवक्ता कोइरालाका अनुसार केसीलाई वडा नं १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies