काठमाडौं : भारतको तमिलनाडुमा भएको बस दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या दश पुगेको छ । बुधबार सलेम बेंगलरु नेशनल हाइवे भएको दुर्घटनामा ६ जनाको दुर्घटनास्थलमै र बाँकी चार जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा रसिलाल चौधरी, वीरबहादुर राई, बुधनी थरुनी, फूलसरीदेवी चौधरी, गोपाल तामाङ, टीकाराम चौधरी, मञ्जु राई रहेका छन् । त्यस्तै पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेहरु इटहरी उपमहानगरपालिका वडा १०, ११, १२ साविक खनार र दुहबी ८ का बासिन्दा रहेका छन् । ३४ जनाको टोली माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा भारत गएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies