काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अपारन्ह प्रधानमन्त्री निवास वालुबाटारमा बस्ने बैठकमा समसामयिक राजनीति, निवर्तमान सञ्चारमन्त्रीको कमिसन प्रकरण र एमसीसीको मुद्दामा केन्द्रित भएर छलफल हुनेछ ।
बैठकमा एमसीसीबारे वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको तीन सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनबारे विस्तृतमा छलफल हुने छ । कार्यदलले एमसीसीका प्रावधान संशोधन गरेर मात्र पारित गर्नुपर्ने सुझाव दिएको छ ।
तर प्रधानमन्त्री केपी शर्मा ओली भने एमसीसी अहिलेको अवस्थामा अघि बढाउनुपर्ने पक्षमा छन् । एमसीसीबारे चासो राख्दै अमेरिकी सांसदहरूले यसलाई छिटो पारित गर्न दवाव दिदै आएका छन् ।
सरकारका मन्त्री नै भ्रष्टाचारको मुद्दामा जोडिएको विषयले पनि बैठकमा प्रवेश पाउने छ । निर्वतमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको विषयमा पनि नेकपामा छलफल हुने बुझिएको छ । साथै पार्टी एकताका बाँकी काम लगायतका विषयमा पनि छलफलका एजेण्डका रुपमा रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies