नवलपरासी : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौता परिमार्जन गर्ने पक्षमा रहेको दावी गरेका छन् । आज नवलपरासीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले एमसीसी राम्रोसँग अध्ययन गरेर राष्ट्रको हितमा हुने गरी मात्रै टुंग्याउनुपर्ने बताएका हुन् ।
एमसीसी परिमार्जन हुनै नसक्ने दस्तावेज अथवा सम्झौता पत्र होइन भन्नेमा प्रधानमन्त्री ओली समेत सहमत भएको अध्यक्ष दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले अमेरिकी सांसदहरुको टोलीसँगको छलफलमा प्रधानमन्त्री ओलीले समेत एमसीसी सम्झौता परिमार्जन नै गर्न नसकिने बाइबल होइन भन्ने जवाफ दिइसकेको समेत जानकारी दिए ।
५५ अर्वको अमेरिकी सहयोग नेपालमा आउनु सकारात्मक भएको भन्दै दाहालले यसमा देखिएका उल्झनहरु संसोधनमार्फत हटाउन सकिने विश्वास समेत ब्यक्त गरे । सम्झौताबारे पुरै नकारात्मक हुनुपर्ने र चुपचाप पास गर्नुपर्ने दुबै अवस्था नभएको उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies