इमरान खान/मध्यान्ह
कपिलवस्तु : समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले विभेद जारी रह्यो भने फेरी क्रान्तिको सुरुवात हुने बताएका छन् । समाजवादी पार्टीको कपिलवस्तु आमा सभामा बोल्दै अध्यक्ष यादवले सरकारले मधेशी जनताको हक अधिकार अझै नदिए ठुलो क्रान्ति हुने बताएका हुन् ।
उनले सरकारलाई जवाफ दिनको लागि समाजवादी पार्टी अन्तरिक गृहकार्यमा जुटेको समेत बताए । उचित समय आएपछि मधेशका जनताहरुले सरकारलाई जवाफ दिने उनको भनाइ थियो । उनले भने, 'मधेशमा आझै नागरिकताको विभेद रहेको छ । धेरै नागरिकले आझै नागरिकता पाएका छैनन् ।'
नागरिकता नपाउने वास्तविक नेपालीहरु धेरै रहेको उल्लेख गर्दै उनले नेपाल बन्नुभन्दा धेरै अगाडिदेखि यहाँ बसोबास गर्ने थुप्रै नेपालीका सन्तानले नागरिकता पाउन नसकेको जिकिर गरे । ‘नेपालमा धेरै ठूला माफियाहरुले नागरिकता पाए । यहाँका आदिवासीले भने नागरिकता पाएका छैनन्,' अध्यक्ष यादवले भने, ‘पैसा र अनुहार हेरेर नागरिकतामा विभेद नगरियोस् ।’
आफूहरु विदेशीलाई नागरिकता दिनुहुन्न भन्ने पक्षमा रहेको भन्दै उनले लिने र दिने दुबैलाई कारबाही गर्नुपर्ने बताए । ‘नेपाली नागरिकका सन्तान देशभित्र वा बाहिर जहाँ जन्मे पनि नागरिक नै हुन् । जबसम्म नागरिकता त्याग्दैन, उ नेपाली नागरिक नै हो’ उनले भने, ‘कुनै पनि व्यक्तिलाई राज्य र राष्ट्रियता विहीन बनाउनु ठूलो अपराध हो । जालीझेली नागरिकता ऐनलाई सच्याउनुपर्छ ।’
नागरिकतामा लैंगिक असमानता रहेको पनि उनको भनाइ थियो । महिला र पुरुषका निम्ति एउटै कानून हुनुपर्ने अध्यक्ष यादवले बताए । नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण भएको उनको दाबी छ । जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्ने उनले बताए ।
त्यस्तै अध्यक्ष यादवले अहिलेको सरकार पूर्ण रुपामा असफल भएको बताए । उनले सरकारको काम, कारबाही सबै भ्रष्टचारीले चलाएको बताए । कम्युनिष्टहरुको सरकार आएसँगै भ्रष्टचार बढदै गएको उनको भनाइ छ । उनले नेपाललाई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान चलाए पनि दुखी नेपाली दरिद्र नेपाल बनाउने प्रयासमा सरकार लागेको अरोप लगाए । अध्यक्ष यादवले दलित, जनजाती, महिला, पिछडीएको वर्गलाई हक अधिकार नदिए आफ्नो पार्टी सरकारसँग लड्न र अन्दोलन गर्न तयार रहेको बताए ।
शुद्धोधन गाउँपालिका अध्यक्ष समाजवादीमा
कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्ष सँगै वडा नं. ६ बाँसखोरका वडा अध्यक्ष पनि समाजवादीमा प्रवेश गरेका छन् । स्वातन्त्र चुनाव जितेका अध्यक्ष र वडा अध्यक्ष समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
निसार २०४७ साल देखि मधेशको राजनीति गर्दै आएका थिए । उनी सदभावना पार्टीमा गजेन्द्र नारायाण सिंहको पाला देखि नै मधेशको राजनीतिमा आएका थिए । स्थानीय तहको निर्वाचनमा राजापाले चुनाव बहिषकार गरेपछि निसार स्वातन्त्र चुनाव लडेका थिए । स्वातन्त्र चुनाव जितेका निसारले मधेशको लागि काम गर्ने समाजवादी पार्टी रहेकोले आफु उक्त पार्टीमा प्रवेश गरेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies