काठमाडौं : नेपालमा बाल अधिकारको अवस्थाबारे बालबालिकाहरुकै नेतृत्वमा प्रतिवेदन तयार पार्न लागिएको छ । कन्सोर्टियम नेपालको आयोजनामा आइतबार राजधानीमा शुरु भएको दुई दिने राष्ट्रिय कार्यशालाबाट प्रतिवेदन तयार पार्न लागिएको हो ।
‘बालबालिकाको नेतृत्वमा तयार हुने विश्वप्यापी आवधिक समिक्षा (तेस्रो चक्र) प्रतिवेदन सम्बन्धी राष्ट्रिय कार्यशाला’ बाट राष्ट्रसंघको मानवअधिकार परिषद्मा पेश गरिने प्रतिवेदन तयार पार्न लागिएको सन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले जानकारी दिए । उनले कार्यशालामा ७ वटै प्रदेशबाट बालबालिकाको प्रतिनिधित्व भएको जानकारी दिए । राष्ट्रिय कार्यशाला गर्नुअघि प्रत्येक प्रदेशमा पनि कार्यशाला आयोजना गरिएको र त्यहाँबाट प्राप्त सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गर्न लागिएको उनले जानकारी दिए ।
आइतबार राजधानीमा महिला बालबालिका तथा ज्यष्ठ नागरिक तथा समाज कल्याणमन्त्री पार्वत गुरुङले कार्यशालाको उद्घाटन गरे । कार्यशाला उद्घाटन गर्दै मन्त्री गुरुङले सरकारले बालअधिकारको हक हित संरक्षण हुने गरी नीति तथा ऐन बनाउन प्रतिवद्ध रहेको बताए । उनले प्रतिवेदन तयार पार्दा समस्या समाधान हुने गरी बनाउनुपर्ने बताए । उनले सकेसम्म राष्ट्रिय मानवअधिकार आयोग, सरकार र नागरिक समाजकातर्फबाट राष्ट्रसंघमा पेश हुने प्रतिवेदनमा एकरुपता हुनुपर्ने बताए ।
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले नेपालमा सरकार र नागरिक समाजबीच अधिकारको क्षेत्रमा निकै सौहार्द सम्बन्ध रहेको बताइन् । उनले सकेसम्म देश भित्रको समस्या देशभित्रै समाधान गर्नुपर्ने भन्दै अन्तिममा मात्र विश्वव्यापी गर्नुपर्ने बताइन् । उनले हाल सकारका नीति तथा नियमहरु बालअधिकार मैत्री रहेकोसमेत दावी गरिन् ।
कार्यक्रममा बालबालिकाका तर्फबाट प्रदेशहरुबाट प्राप्त भएको सुझावहरु बालक टोलबहादुर राना र निरुता तिमिल्सेनाले प्रस्तुत गरेका थिए । उनीहरुका अनुसार विद्यालय शिक्षा, खेलकुद, जातीय हिंसा, लैगिंक हिंसाका समस्या बालबालिकामा पनि रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies