एजेन्सी : मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो पदबाट राजीनामा दिएका छन् । नयाँ सरकार बनाउने सम्भावित चर्चामाझ उनले सोमबार त्यहाँका राजा सुल्तान अहमद शाहलाईलाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले त्यहाँका राजा समक्ष राजीनामा बुझाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले उल्लेख गरेको छ ।
९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री थिए । २०१८ मा नजीब रज्जाहलाई हराएर फेरि उनी सत्तामा आएका थिए ।
गएको केही दिनदेखि महातिर मोहम्मद र ७२ वर्षीय अनवर इब्राहिमबीच सत्ताको खिचातानी चलिरहेको बताइएको थियो । महथिरले नयाँ सरकार गठनका लागि आफुले मार्गप्रशस्त गरेको बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies