काठमाडौं : गायक सुरज कालाखेतीको स्वरमा रहेको ‘के जादु छ’ नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत कालाखेती आफ्नै रहेको छ पवन सुस्लिङ्ले छायांकन गरेका छन । भिडियोमा अहिलेका युवापुस्ताको माझमा चर्चा बटुल्न सफल चर्चित मोडल अलिशा शर्मासँग द कोन्ज्योसोम ग्रुपको अभिनय रहेको छ ।
भिडियोको निर्देशन द कोन्ज्योसोम क्रु का एलेक्स गोलेले गरेका छन । मिक्सिङ अशोक महर्जनले गरेका छन भने भिडियोको सम्पादन पवन सुस्लिङको रहेको छ । यस गीतमा विश्व अधिकारीले एरेन्ज गरेका छन ।
गायक कालाखेतीको यस भन्दा पहिले पनि झुमा झुम्का, मायालु आउने बाटोमा गीतको म्यूजिक भिडियो सहित बजारमा आईसकेको छ । कालाखेतीले पहिलेका गीतहरूमा दर्शक स्रोताहरुको धेरै माया पाएकोले यो पटक पनि माया पाउने बिश्वास व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies