काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्वर्गीय राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम रु ५ लाख निजको परिवारलाई हस्तान्तरण गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले स्वर्गीय राजु गिरीको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरे ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले २७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४९ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies