काठमाडौं : काउन्सेलर श्रम र श्रम सहचारीका लागि निर्धारण गरिएको प्रस्तुतीकरण एक साता पर सरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव मन्त्रालयका सचिव विनोद केसीसमेतलाई लिएर मंगलबार मौरिसस जाने भएपछि काउन्सेलर श्रम र श्रम सहचारी छनौटको निर्धारित कार्यतालिका पछि सरेको हो ।
मन्त्रालयले गत मंसिर २६ गते काउन्सेलर श्रम र श्रम सहचारीका लागि आवेदन मागेको थियो । आवेदन दिने समय समय सकिएपछि मन्त्रालयले काउन्सेलर श्रमको फागुन १४ र श्रम सहचारीको फागुन १५ गते विषयवस्तु ज्ञान तथा प्रस्तुतीकरण समय तय गरेको थियो ।
तर मन्त्रालयले आइतबार दुवैको प्रस्तुतीकरण एक सातापछि सारिएको जनाएको छ । नयाँ निर्णय अनुसार, काउन्सेलर श्रमको फागुन २१ र श्रम सहचारी पदको २२ गते बिहान प्रस्तुतीकरण हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies