काठमाडौं : वैदेशिक रोजगार विभागले तत्काल दक्षिण कोरियामा नेपाली कामदार नपठाउने भएको छ । आगामी हप्ता फागुन १८ गते ५० जना नेपाली कामदारले दक्षिण कोरिया जान श्रम स्वीकृति लिइसकेका भए पनि उनीहरूलाई अर्को निर्णय नभएसम्मका लागि नपठाउने निर्णय गरिएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।
यस विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य, परराष्ट्र र श्रम मन्त्रालयका अधिकारीहरू सहितको बैठक बसेको थियो । दक्षिण कोरियामा कोभिड–१९ नामका भाइरस संक्रमण फैलिएपछि त्यहाँ व्यापक सर्तकता अपनाइएको छ ।
दक्षिण कोरीयामा उक्त संक्रमणबाट सात जनाको मृत्यु भइसकेको छ । हाल दक्षिण कोरीयामा ४० हजार बढी नेपाली रहेका छन् । सियोलस्थित नेपाली दूतावासका काउन्सेलर श्रम डिल्लीराम बास्तोलाले कोरियामा रहेका नेपालीहरूको अवस्था आत्तिहाल्न नपर्ने बताएका छन् ।
नेपाली काम गर्ने कम्पनीले सुरक्षाका उपाय अपनाएको, उनीहरूलाई बाहिर निस्कन नदिएको र भाइरसबाट बच्न आवश्यक सुरक्षा उपायबारे सतर्क गराइएको उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies