काठमाडौं : सरकारले नेपाल ट्रस्टको सम्पति विवरणबारे आज स्वेतपत्र सार्वजनिक गर्दैैछ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज पत्रकार सम्मेलन गरेर स्वेतपत्र सार्वजनिक गर्न लागेका हुन् ।
स्वेतपत्र सार्वजनिक गर्न दिउसो ३ बजे नेपाल पर्यटक बोर्डको हलमा पत्रकार सम्मेलन राखिएको छ । स्वेतपत्रमा गोकर्ण रिसोर्टको भाडा सम्झौता प्रकरणसहित नेपाल ट्रस्टको देशभर रहेको सम्पत्ति विवरण समावेश रहेको बुझिएको छ ।
स्वेतपत्रमा दरबारमार्ग र ताहाचल, मातातीर्थ र थानकोट लगायतका ठाँउको विवरण समेत समावेश रहेको बताइएको छ ।
सरकारले व्यापारिक समूह यति होल्डिङलाई लिज अवधि सकिनुअगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि विरोध हुँदै आएको छ । सो प्रकरणमा सरकारको आलोचना भएपछि मन्त्रीपरिषदको निर्णय अनुसार स्वेतपत्र सार्वजनिक हुन लागेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies