काठमाडौं : होलीको अवसरमा ग्लोरी मिडियाले होली फेशन फेस्ट तथा म्युजिकल इभेण्ट आयोजना गरेको छ । अनामनगरस्थित बोकाभात अर्गानिक रेस्ट्रोमा आइतबार साँझ आयोजित कार्यक्रमको उदघाटन मिडियाका अध्यक्ष सरोज ओझा, नेपाल चेम्बरकी उप–निर्देशक श्रृष्टी त्रिपाठीले संयुक्त रुपमा गरेका थिए ।
इभेण्टमा मोडलहरुलाई र्याम्पमा उतारिएको थियो । फेशन विधा अन्तर्गत बालबालिका, किशोरकिशोरी तथा युवागरी २१ जना र्याम्पमा उत्रिएका थिए । ईभेण्ट कोरियोग्राफर केडी भट्टराईले उनीहरुलाई होली, नारी हिंसा, कल्चरल र मोर्डन गरी ४ विधामा आधारित रहेर क्याटवाकसहित ¥याम्पमा प्रस्तुत गरेका हुन् ।
त्यस्तै कलाकारहरूले गायन, नृत्य, जादु, कमेडी लयायतका सांगीतिक प्रस्तुती दिएका थिए । हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ लगायतका कलाकारले प्रस्तुती दिएका थिए ।
काठमाडौं उद्योग वाणिज्य संघकी कोषाध्यक्ष समेत रहेकी सौन्दर्यविद् सुष्मा महराको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कर्पोरेट म्यागजिनका अध्यक्ष उज्जवलजंग शाह, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरी खनाल, इभेण्ट ब्यवस्थापन संघका सह–सचिव डेभिल सिंह राजपुत लगायतको उपस्थिति रहेको थियो ।
इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य थियो । ग्लोबल अनलाईन–पे डिजिटल पार्टनर, क्यूपिड स्टुडियो फोटोग्राफी पार्टनर, एमी मेकअप पार्टनर, एक्स जि एस एडुकेसन पार्टनर र फेसियल हाउस, ए टु जेड, गो अर्गानिक, कोकाकोला र सिजी नेपाल आईस एशोसिएट पार्टनर थिए ।
इभेण्ट क्षेत्रमा केही नयाँपन दिन होली र अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies