काठमाडौं : कोरोना भइरस संक्रमण फैलिएमा जनता स्वयं क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको शुन्य समयमा कांग्रेस सचेतक पुष्पा भुषालले स्वास्थ्यमन्त्रीको भनाइले जनतालाई अझै बढी त्रसित बनाएको बताएकी हुन् । उनले मन्त्री ढकालको अभिव्यक्ति बारेमा सदनमा सरकारको जवाफ समेत माग गरिन ।
मंगलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री ढकालले संक्रमणको आशंकामा भएका ब्यक्ति आफै क्वारेन्टाइनमा बस्नुपर्ने बताएका थिए । बैठकमा समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादबले नेपालमा पनि कोरोना संक्रमित रहेको जानकारी आफुले पाएको भन्दै सरकारले सूचना लुकाएको आरोप लगाए ।
पोखरा अन्तर्राष्ट्रिय विमान स्थल निर्माण कार्यमा संलग्न चिनियाँ कर्मचारीहरुमा कोरोना रहेको सूचना आफुले पाएको सांसद यादवको दावी थियो । बैठकमा सांसदहरुले सरकार कोरोना संक्रमण नियन्त्रणका लागि जिम्मेबार नभएको आरोप समेत लगाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies