गोरखा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको बैठक नबसी केही मानिसले गरेको निर्णय स्वीकार्य नहुने बताएका छन् । प्रेस युनियन गोरखाले आज गरेको पत्रकार सम्मेलनमा उनले दुई महिना अघि तय भएको कार्यक्रममा सहभागी नहुने पार्टी नेतृत्वले निर्देशन दिएकोमा आपत्ति जनाएका हुन् ।
दुई चार जना पूर्व पदाधिकारी बसेर गरिने निर्णय स्वीकार गरेर हिँड्न नसकिने नेता कोइरालाको भनाइ छ । नेता कोइरालालाई गोरखा जिल्लाको प्रशिक्षण रोक्नका लागि प्रवत्ता शर्माले शुक्रबार फोन गरेपछि कोइरालाले नेतृत्वप्रति आक्रोश पोखेका हुन् ।
उनले महाधिवेशनका कार्यतालिका सार्वजानिक भइसकेको बेला जिल्लाको जिम्मेवारी समेत हेरफेर गरेर सभापति शेरबहादुर देउवाले विधान मिचेको आरोप समेत लगाए । उनले नेपाली कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि चुकेको बताए । सदन र सडकमा भुमिका देखाउन नसक्दा कार्यकर्ता समेत असन्तुष्ट रहेको कोइरालाको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies