काठमाडौं : हिमेश पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ बनेका छन् । रियालिटी सो ‘कमेडी च्याम्पियन’ को शनिबार भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप ‘कमेडी च्याम्पियन’ बनेका हुन् ।
च्यासलस्थित ‘कमेडी च्याम्पियन’को स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् । विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए ।
‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies